Hetauda Online - घाँटी रेटिएको अवस्थामा किशोरको सव फेला: हत्या वा आत्माहत्या अनुसन्धान जारि
The first website dedicated to the people of clean and green city Hetauda.
दुर्घटना समाचार

घाँटी रेटिएको अवस्थामा किशोरको सव फेला: हत्या वा आत्माहत्या अनुसन्धान जारि


दुर्घटना समाचार 42 पटक पढिएको सागर घोरसाईने २०७४ श्रावन १४ शनिवार


घाँटी रेटिएको अवस्थामा किशोरको सव फेला: हत्या वा आत्माहत्या अनुसन्धान जारि


श्रावन १४ शनिवार, बारा । निजगढ ५ मा एक किशोरको शुक्रबार दिउसो छिमेकीको घरमा शव फेला परेको छ । मनोज सापकोटाका १६ बर्षिय छोरा निसानको घाँटी रेटेको अवस्थामा छिमेकी बिचारी थापाको घरको माथिल्लो तलामा दिउसो ५.३० बजे शव फेला परेको हो ।

घटनाको बेला थापाकी श्रीमति भवानी र छोरी विपना मात्र रहेको बताइएको छ । घटनास्थलमा रगतले पोतिएको चुलेसी फेला परेको प्रहरीले जनाएको छ । छोरी विपनाले घरभित्र पसेर माथिल्लो तलामा आएको केही समयपछि आफुले कोठाभित्र निशानको शव देखेको र हल्ला गरेको बताइन । भान्छामा रहेकी आमा भवानीले पनि माथिल्लो तलाबाट रगत चुहिन थालेपछि आफुले पनि घटना बारे जानकारी पाएको सुनाइन ।

सार्वजनिक मावि कक्षा ९ मा अध्ययनरत निशान यसअघि पनि थापाको घरमा नियमित आउने गथ्र्ये । प्रहरीले घटनाको अनुसन्धानको लागि थापा सहित विपना, भवानी र छारालाई पनि नियन्त्रणमा लिएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरीले घटना रहस्यमय रहेको र थप अनुसन्धानपछि मात्र हत्या वा आत्माहत्या के हो भन्ने बारेको वास्तविकता खुल्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे नेतृत्वको टेली पनि घटना स्थालमा पुगेको थियो । सापकोटाको शव पोष्टमार्टमको लागि कलैया पठाइएको छ ।






कमेन्टसहरु



लोकप्रिय



12809203 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top