The first website dedicated to the people of clean and green city Hetauda.
विज्ञान प्रबिधि

टेलिकमको विशेष छुट अफर: के हो पढौं


विज्ञान प्रबिधि 179 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन १६ सोमबार


टेलिकमको विशेष छुट अफर: के हो पढौं


श्रावन १६ सोमबार, काठमाडौँ । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।

अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक एक हजारमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ मा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१ जिबी डाटाका लागि रु एक हजार ९८० शुल्क लिइएकामा अब १५ जिबी डाटा रु ३०० मै उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै २५ जिबी डाटाको रु ५०० र ४० जिबीको डाटाको मूल्य ७०० मात्र तोकिएको छ । यी डाटाको गति एक एमबिपिएससम्म हुनेछ ।

दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक ३०० र अनलिमिटेड डाटाका लागि २०० मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । सोअनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, छ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएम/सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । रासस





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901068 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top