Hetauda Online - सफा नगरी हेटौंडा: मुल्याङ्कन देशभरको तेस्रो सफा सहर
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सफा नगरी हेटौंडा: मुल्याङ्कन देशभरको तेस्रो सफा सहर


स्थानीय समाचार 4 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन १७ मंगलवार


सफा नगरी हेटौंडा: मुल्याङ्कन देशभरको तेस्रो सफा सहर


श्रावन १७ मंगलवार, मकवानपुर । सङ्घीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहोर व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको आर्थिक वर्ष २०७३/०७४ को बार्षिक कार्यक्रम बमोजिम फोहोरमैला व्यवस्थापनमा बिशेष योगदान पुर्याउने उत्कृष्ट ३ नगरपालिका मध्य हेटौडा उपमहानगरपालिका तेस्रो भएको हो ।

आज दिउँसो भएको घोषणामा हेटौंडा तेस्रो भएको छ । यो भन्दा पहिले हेटौंडा उपमहानगरपालिका सन् २०१४ मा पनि देशकै सफा र हरित नगरीको रुपमा घोषण भएको थियो उत्कृष्ट ३ सफा सहर मध्य धनकुटा प्रथम हुन सफल भएको छ भने इलाम दोस्रो सफा सहर र हेटौंडा तेस्रो सफा सहर भएको हो  ।

प्रथम भएको धनकुटाले १० लाख नगद रुपैया र दोस्रो हुनेले ६ लाख नगद रुपैयाँ प्राप्त गरेको छ ।  हेटौंडा नगर देशकै सुन्दर नगरको रुपमा परिचित छ । हेटौंडा नगरले फोहर व्यवस्थापनमा उल्लेखनीय कार्य गर्दै आएको छ । फोहरको स्रोतमै वर्गीकरण गर्ने र जैविक फोहरबाट मल बनाउने, अजैविक फोहरको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हेटौंडा उपमहानगरले फोहर व्यवस्थापनमै सहज हुने अपेक्षासहित रंगीन प्लास्टिकका झोला प्रतिवन्ध गरेको छ । 

निजि क्षेत्रसँगको सहकार्यमा हेटौंडा उपमहानगरपालिकाले स-शूल्क फोहर व्यवस्थापनको कार्य समेत गर्दै आएको छ । हेटौडा उपमहानगरपालिकाको तर्फबाट उपमहानगरपालिकाका मेयर हरिबोल महतले पुरस्कार एवं सम्मान ग्रहण गर्नुभएको हेटौडा उपमहानगरपालिका सहरी बिकास तथा बातावरण माहाशाखा प्रवन्धक बिके महर्जनले बताउनुभयो । 

उत्कृष्ट ३ सफा सहर मध्य तेस्रो स्थानमा परेको हेटौडा उपमहानगरपालिकाले रु. ४ लाख नगद सहित सम्मान पत्र प्राप्त गरेको छ । हेटौडा उपमहानगरपालिका सन् २०१४ मा एक मात्र सफा सहर र हरित नगरीको रुपमा घोषण भै पुरस्कृत भएको थियो ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697599 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top