The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

लागुऔषध ओसार्ने मुख्य बाटो राजमार्ग: दुई घटना चार पक्राउ



अपराध समाचार    327 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १८ बुधवार  

श्रावन १८ बुधवार, मकवानपुर । राजमार्ग सुरक्षाटोलीले गरेको छुट्टाछुट्टै दुई सर्च अपरेशनमा मकवानपुरबाट हिजो लागुऔषध ओसार पसार गर्दैगर्दा चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानी र रातोमाटे चेकपोस्ट ले दुई छुट्टाछुट्टै चेकिङ गरेको थियो ।

लागुऔषध ओसार्ने मुख्य बाटो राजमार्ग: दुई घटना चार पक्राउ

राजमार्ग चेकिङको क्रममा  इलाका प्रहरी कार्यालय नेवारपानी अगाडी प्रहरी चेकीङ टोलीले नाराणयघाट बाट बिरगंज तर्फ जादै गरेको ना.५ ख. १७७२ नं.को बसबाट ८ केजी गाँजा सहित २ जना पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुर, बकैया गाँउपालिका बस्ने साईमान तामाङ र चन्द्र ब.स्याङतान छन । हाल दुबैलाई नियन्त्रणमा लिएको छ, हाल लागुऔषध ओसार पसार बारे थप अनुसन्धानको निमित्त जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । 

त्यस्तै हिजै रातोमाटे चेक पोष्टमा खटिएको प्रहरी चेकिङ टोलिले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना २६ प ५७०६ नं.को मोटरसाइकल बाट चालक चितवन भण्डराका रोशन खतिवडा र पछाडि सवार रहेका सबिन रुवालिको साथबाट लागुऔषध डाईजोपाम १७ एम्पुल, ब्युप्रिनोफिन १७ एम्पुल, फेनारगन १७ एम्पुलबरामद गरेको छ । हाल दुबै लाई नियन्त्रणमा लिई लागुऔषध ओसार पसार बारे थप अनुसन्धानको निमित्त जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । ओसार पसारमा प्रयोग भएको उप्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224856   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top