The first website dedicated to the people of clean and green city Hetauda.
logo
पत्रपत्रिकाबाट

साइबर अपराधको नयाँ रुप: नेपालमा बसेर अस्ट्रेलियामा आतंक



पत्रपत्रिकाबाट   156 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १८ बुधवार  

श्रावन १८ बुधवार, काठमाण्डौ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

साइबर अपराधको नयाँ रुप: नेपालमा बसेर अस्ट्रेलियामा आतंक

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा नेपाल प्रहरीको खोजीमा कैयन परेका छन् ।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेका बेला यस्तो सन्देशले सनसनी मच्चिएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहित रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे । आजको नागरिक दैनिकमा खबर छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224805   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top