The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

एक त्रिवेणी धाम अनेक महत्व


धार्मिक 8 पटक पढिएको रबिन्द्र यादव २०७४ श्रावन १८ बुधवार


एक त्रिवेणी धाम अनेक महत्व


श्रावन १८ बुधवार, नवलपरासी । नवलपरासीको त्रिवेणी धाममा पछिल्लो समयदेखि पर्यटकहरु बढदै गएका छन् । जिल्लाको बिनयीत्रिवेणी गाउँपाकिला ६ स्थित त्रिवेणी धाममा शिश महल र गजेन्द्र मोक्षनारयाण मन्दिरको आकर्षणले पर्यटकहरुलाई तान्ने गरेको छ ।

त्रिवेणी धाममा नेपालको महत्वपुर्ण धार्मिक स्थल मध्ये एक हो । यस धाममा स्नान गरेपछि सबै पाप धुल्ने यसको मुल्यमान्यता रही आएको छ । यस धामको दर्शन तथा अवलोकन गर्न नेपाल भारतको विभिन्न ठाउँबाट पर्यकट तथा भक्तजनहरु आउने गरेका छन् । वर्षमा दुई पटक यस धाममा मेला पनि लाग्ने गर्दछ । त्रिवेणी धाम तिन वटा नदी मिलेर बनेको छ ।




त्रिवेणी धामलाई गजेन्द्र मोक्ष दिव्य धामले पनि चिनिने गरिन्छ । यस धाममा भगवान विष्णु स्वयम प्रकट भएको विश्वास रही आएको छ । सतियुगमा हाती नारायणी नदीमा पानी खान गएको बेला गोहीले हातीको खुट्टा तानेर मार्न खोज्दा हातीले भगवान विष्णुलाई गुहारेपछि भगवान विष्णु स्यम् प्रकट भई आफनो चक्रले गोहीलाई मारी हातीलाई बचाएको धार्मिक एतिहास रहेको छ ।




यस धामको महत्व र सुन्दरताले नेपाल भारतका विभिन्न ठाउँबाट गरि दिनमा करिब १ हजार पर्यटकहरु यस धाममा आउने गरेका छन् तर यो ठाउँको महत्वका अनुसार यो अझै कम रहेको स्वामी कृष्ण प्रपन्न आचार्यले बताए ।  




स्वामी आचार्यका अनुसार यो धाम नेपालकै महत्पुर्ण धाम हो जसको दर्शन र भ्रमण गर्न दिनहुँ हजारांैको संख्यामा भक्तजन तथा पर्यटकहरु आउनु पर्ने हो तर यहाँ बाटोघाटो, धर्मशाला, भोजनालय, स्नानगृह, आवाश जस्ता आवश्यक भौतिक पुर्वाधारको अभावले यो ऐतिहासिक धार्मिक स्थल ओझेलमा परेको छ । यहाँ शुद्ध खानेपानी, विजुली, सुरक्षाको प्रवन्धपनि खासै छैन ।  यसको महत्वको विषयमा व्यापक प्रचार प्रसार पनि नभएकाले यो झनै ओझेलमा परेको स्वामी अचार्यले दुख व्यक्त गरे ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862101 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top