Hetauda Online - सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध


शिक्षा/स्वास्थ्य 2 पटक पढिएको बिदुर खडका २०७४ श्रावन १९ बिहीवार


सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध


श्रावन १९ बिहीवार,बारा । अतिबिपन्न परिवारका पुर्णिमा देबि चौधरी तथा पुर्ण बाहादुर थापाको तिन बर्षे शिशु प्रतुष थापालाई कान्ति बाल अस्पतालमा बिगत डेड महिनादेखि उपचार भईरहेको छ ।

प्रतुषलाई All टाईपको क्यान्सर भएकोले प्रर्थम साईकलको किमो दिएको अस्पतालका चिकित्सकले बताएका छन् । जितपुर सिमरा उपमहानगर पालिका बजनि ३ का तिनबर्षे बालक प्रतुष थापालाई रक्तक्यानसर भएको ले उपचारको लागि आर्थिक सहयोगको गरि दिन आग्रहगरेका छन ।

रक्त क्यान्सरको उपचार महँगो हुनेभएकोले अस्पतालमा उपचारको लागि पर्याप्तमात्रामा औषधि गराउन नसकेपछि पिडित परिवार संकटमा परेको हुन । ऋण धनगरी डेडलाख खर्च भएपछि धान्न गारो भएर थापा परिवारले बिरामीलाई बिचैमा घरलिएर आएका थिए । पछि छिमेकिहरुको अनुरोधमा रकमको जोहोगरिदिने बचन दिएपछि पुन बाल अस्पतालमा लगेरउपचार भईरहेको छिमेकिहरु बताउछन । पिडित परिवारले सहयोगका लागि दाताहरुलाई अनुरोध गरेका छन ।

भुमिहीन दुई संन्तानका थापा परिवार बजनि स्थित साहुको जमिनको छाप्रोमा मजदुरी गरि गुजरा चलाईरहेको छन । यस क्षेत्रमा रक्तक्यानसर का बिमारिहरु मा बृद्धिभईरहेकोले हाल सम्म  डुम्मरवानाका युनेस पौडेललाई करिब १० लाख शुहाना सापकोटालाई ५ लाख औराहका राजन बखरेल लाई ४ लाख देश बिदेसका बिभिन्न दाताहरु ले सहयोगगरि क्यानसर अस्पताल भरतपुरमा उपचारगराई रहेकाछन । सहयोगी दाताहरुले दुर्गा थापा ९८४५२८२४३१ मा संम्पर्क गर्न अनुरोध छ ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697627 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top