The first website dedicated to the people of clean and green city Hetauda.
प्रवास

हङकङ अनि एन आर एन


प्रवास 232 पटक पढिएको नरेन्द्र गुरुङ्ग २०७४ श्रावन १९ बिहीवार


हङकङ अनि एन आर एन


श्रावन १९ बिहीवार, हङकङ । संसारभरि बिदेशिने क्रमसगै हङकङमा ब्रिटिस साम्राज्य उदय देखि ब्रिटिस सेनामा रहेका नेपालिहरुको सन् १९६० को दशक देखि ब्रिटिस सेनाकोरुपमा हङकङमा नेपालीहरूको आगमन भएता पनि १९९२ साल देखि मात्र सर्व सधारन हरुको आगमन सगै नेपालिहरुको बसोबास हुन थालिएको हो ।

सुरुवात तिर नेपालिको जनसंख्या धेरैनै रहेको थियो ।  हाल बेलायत तिर पलायन हुने संख्या धेरै हुनाले दिन प्रतिदिन घटदो छ। पछिल्लो केहि बर्ष पहिले २०१४ मा हङकङ सरकारले निकालेको अल्पसंख्यक जातिहरुको आकडामा १६१९८ नेपाली हङकङमा बसोबास गरेको आक्डा देखाइएको छ ता पनि यो भन्दा धेरैनै रहेको अनुमान गर्न सकिन्छ । नेपालमा जस्तै सयौं संस्था यहाँ खुलेका छन र त्यसमा नेपालिहरु संगठित छन। ती सबै सस्थाहरु मध्य एन आर एन हङकङ सबै भन्दा ठूलो सन्जाल र धेरै सदस्य रहेको सस्था हो, तर बिडम्बना के छ भने धेरैले यो संस्था बुुुझ्न सकेको छैन हामी अझै नेेेेपाली नागरिकता पासपोर्ट बोकेर पनि एन आर एन हौ भन्ने जमात अझ धेरै छ । बुुुझ्न्  सकिरहेको छैन। पहिलो कुरा त सदस्य बन्न पाउने कुरामा नै विभेद छ किनभने बिध्यार्थी, कर्मचारी,सरणार्थी र गृहनी भिषामा रहनेले भोट गर्ने अधिकार प्राप्त गर्दैनन। एउटा प्रश्न हाल नेपाली बिध्यार्थी सरणार्थी र गृहनी  भिषामा केही नेपालीहरु छ्न र यहाँ सबैभन्दा बढी समस्या पर्ने पनि बिध्यार्थी, सरणार्थी र गृहनि हरुलाइ नै हो। एनआर एन को उदेश्य भनेको मैले बुझेसम्म यहाँ रहेका सबै नेपाली संगठित गर्ने, देशमा लगानी गर्ने भइ परि पर्दा सहयोग जुटाउने र यहाँ समस्यामा पर्दा सहयोग गर्ने र नेपाली संस्कृतिको जगेर्ना गर्नु नै हो तर त्यो उदेश्य कुन हदसम्म सफल भयो यसको समिक्षा गर्ने कि नगर्ने? हो सबै आ आफ्नो पेसा ब्यबसायमा सम्लग्न हुनुहुन्छ ब्यस्त हुनुहुन्छ तर मैले बुझेसम्म कुनै पदमा बसिसकेपछी जिम्मेवारी निभाउनु अनिबार्य हुन्छ कि हुदैन? एन आर एन हङकङको फेनपेज हेरे प्राय अपडेट नै छैन । संस्थाले उदेश्य धेरै लिएको छ तर के के गरियो नेपाली र नेपालको पक्ष्य्मा के के काम भयो उल्लेख छैन। सबैभन्दा ठूलो समस्या नेपाली नेपालिबाटै अन्यायमा परेको कुराहरु पनि बेला बेलामा सुनिने गर्छन त्यसको समाधानको लागि कम्तिमा एन आर एनको सदस्यता लिएका ब्यक्तिलाइ त्यस्तो नगर्न सचेत गराउने काम गर्न आबश्यक देखिन्छ। यदि एनआरएन लाइ सबै नेपालिको साझा सस्थाको रुपमा बिकास गराउने हो भने एन आर एन हङकङ सबैलाइ समेटेर अगाडि बढन जरुरी देखिन्छ। होइन भने त हङकङको पि आर , एस आर पासपोर्ट र आइ डि होल्डरको साझा सस्था भन्दा अनर्थ हुदैन। भर्खरै सम्पन्न एन आर एन हङकङको छैठो अधिवेशन बाट निर्वाचित सम्पुर्ण बिजयी प्रतिनिधिहरुलाई बधाई तथा कार्यकाल सफलताको कामना साथै अधिवेशन सफल पार्नमा सहयोग गर्नुहुने सबै महानुभावहरु लाई धन्यवाद । सबैमाआगामी कार्यकालमा सबैको साझा सस्था बन्ने गरि काम गर्न सफल हुनुहोस जसले जितेपनी नेपालिले जित्ने भएकोले नेपालीको हितमा काम गर्न सफल हुनुहोस । धारा २९१, धेरै बर्ष अघि देखि रोकिएको गृहनी भिषा , नेपाली हरुलाइ रोक लगाइएको भिषा र बिभेदकारी नियम परिबर्तन गर्ने प्रण गर्नुहोस हामी  देश र हङकङमा परेको हरेक समस्याहरुमा साथ सहयोग र समन्वय गर्न तयार छौ । जय एन आर एन ।

एन आर एन हङकङको छैठो अधिवेशन सप्पन्न 

२३ जुलाई हङकङ एन आर एन हङकङको छैठो अधिवेशन धेरै नै उतारचढाव बिच सफलता पुर्वक सम्पन्न भयो । उक्त दिन बिहानै देखि टायफन आठ नम्बर देखाएता पनि कुनै अप्रिय घटना भने भएन बिहान एघार बजे तोकिएको समयलाइ २:३० बजे टायफनका कारण सार्नु परेको थियो । मुख्य पदहरु सचिव र कोषाध्यक्ष र सदस्यहरु निर्बिरोध भएता पनि अन्य पदहरुमा उम्मेद्बारी रहेको थियो । एन आर एनको अधिवेशन तोकेको दिन देखि तातिएको हङकङ र एक आपसमा हिलो छ्यापा छ्याप आरोप प्रत्यारोप हुँदै अधिवेशन  हुने दिनको अन्तिम समयमा अध्यक्षका प्रत्यासी कोमल गुरुङ ( स्याङ्जालि कान्छा) उपाध्यक्षका प्रत्यासी जयन्ती गुरुङ र युवा संयोजकका प्रत्यासी नरेन्द्र गुरुङले उम्मेद्बारी फिर्ता लिए पनि महासचिव र महिला संयोजकको भने चुनाव भएका थिए ।  २०१५ सालको अधिवेशन हुदा २८६४ जना सदस्य रहेको एन आर एन हङकङ यो चोटि पनि धेरै नया सदस्य बनेको भए पनि पुरानो सदस्य लाई अधाबधी र नयाँ सदस्य गरेर यो पटक भोट हाल्न सक्ने सदस्य ९३३ जना मात्र थिए । कार्यक्रमको सुरुवात तिर पाच सयको उपस्थिति रहे पनि भोट हुने बेला रातको आठ बजे सम्ममा तीन सय बिस जना जति बाकी रहेका थिए । त्यही मध्ये बाट खसेको जम्म मत भने ३८० रहेको थियो । 


छैठो अधिवेशनका कमि कमजोरीहरु :-

१. बिधानलाइ टेकेर काम कार्वाही नहुनु । समाजमा दलको नेता भनेर कयौ पटक आतिथ्य ग्रहण गरेको प्रमाण हुदा हुदै पनि यो देशको कानुनमा हुँदै नहुने दल दर्ताको बिषय बनाएर उम्मेद्बारी हुन दिनु ।

२. सदस्य संख्या।को अधारमा हल ब्यवस्थापन सिट को अपुग हुनु ।

३. संगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रयाप्त मात्रामा न हुनु ।

४. एन आर एनकै कार्यसमिति र भोलेन्टरहरुले हल्ला गरेर बोल्न नदिनु ।

५. मत पत्र दर्ता नगरी मनपरी मुट्ठीका मुट्ठी बाडिनु ।

६ . एकै ब्यक्तिले एउटै आइडिले जति लगेनि कम्युटरमा लागि सकेको जानकारी नहुनु ।

७. भोटर लिस्ट बाडने ठाउमा लाइन बद्ध संग भोलेन्टर ले लाइन मिलाउन नसक्नु ।

८. कति जनाले कति मत पत्र लग्यो र खसेको मत खसालेको  भनेर कुनै रेकर्ड नहुनु ।

९. नया सदस्यको लागि फर्म भरेर पैसा बुझाउदा पनि भोटर लिस्टमा नाम नहुदा मत दिन बाट बन्चित हुनु ।

१०. भोलियन्टर बसेका भोलेन्टर बाट कार्यक्रम स्थलमा दादागिरी गरेर अधिवेशन भाडन खोज्नु ।

यतिका कमिकमजोरी भए पनि सो NRN अधिबेशनमा हल बाट धेरै लोकप्रिय निर्णयहरु पनि भएका थिए :-

१. उमेदवारलाई राइट टु रि झ्याक्ट गर्ने अधिकार

२. सल्लाहकारहरु अध्यक्षमा उठन नपाउने प्राबधान खारेज

३. कार्य समितिले गरेको अप्रिय निर्णय खारेज,सस्थाको कोष ब्याक्तिगत मुद्दामामिदामा खर्च गर्न नपाईने ,निकासा ,रकम रोक्का र सोको लागि छानबिन कमिटी गठन ।

४. जुनसुकै राजनीतिक अास्था वा पार्टिमा रहेकाहरु खुलेअाम कार्यसमितिमा अाउन सक्ने ।

मैले यस कारणले उम्मेद्बारी फिर्ता लिएँ 

गैर आवासीय नेपाली संध एन आर एन हङकङको छैठो अधिवेशनमा मैले पनि युवा संयोजक पदमा उम्मेद्बारी दिएको थिए । जित्ने प्रबल संम्भावना हुदाहुदै पनि अन्तिम समयमा आएर मैले उम्मेद्बारी फिर्ता गर्ने निर्णय गरे । यो निर्णयले धेरै मेरा शुभ चिन्तक साथिभाइमा निराशा छाए पनि केही बुद्धिजीवी अग्रज र साथिभाइहरुको नजरमा चाहिँ राम्रो नै गरेको प्रतिक्रिया पाए मलाइ मत दिनको लागि मौसमको प्रतिकुलता टायफनलाइ पनि बेवास्ता गर्दै आइ दिनु भयो यसको लागि हृदय देखिको आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु ।

एन आर एन संगको मेरो नाता कोरिया रहन्दा देखिको हो यहि भएर हङकङ आएर पनि ५८१ जना भित्र सदस्यता लिनुले पनि प्रस्ट्याउछ । मेरो उम्मेद्बारी फिर्ता लिनुको कारण पहिलो त बिधानको कार्यान्वयन नहुनु बिधान संम्बत कुनै कुरा लागू नहुनु दोश्रो मेरो प्रतिद्वन्दी साथी प्रेम लामाजी हामी पहिले नेपाली जनसम्पर्क समितिमा रहेर काम गरेको र हाल नया शक्ति पार्टीको संयोजक हुनुहुन्छ । बिधानत धारा १४ मा -  कार्य समितिको पदाधिकारी तथा सदस्यहरूको योग्यता तथा अयोग्यता सम्बन्धी व्यवस्था # उपधारा (१) को (ग) - यस बिधान तथा बिधानको मातहतमा बनेको अन्य नियमले अयोग्य हुन नहुने (पाना ७, हरप ६)# उपधारा (२) को (ख) - संघको बिधानलाई अस्विकार गरेमा (पाना ७, हरप १२)

# उपधारा (२) को (घ) - कुनै राजनैतिक दल वा त्यस्को भातृ संगठनको बहालवाला कार्य समितिको सदस्य रहेमा (पाना ७, हरप १४) अन्तर्गत उठ्न नपाउने हो तर निर्वाचन कमिटीले उठ्न पाउने अधिकार  दिनु भयो ।  माथि उल्लेखित बुँदाहरू गैर-आवासीय नेपाली संघ हङकङ (तेस्रो संशोधन २०१६ सहित) को बिधानमा स्पष्ट उल्लेख छ । संघको बिधान बिपरित पदको लागि सबै नियम कानून तोड्न उद्दंग उम्मेदवारहरूले संस्थालाई भोलीको दिनमा कस्तो नेतृत्व दिने र हामी हङकङवासी नेपालीले यस किसिमको अवस्था र प्रतिस्पर्धाबाट के सिक्ने ? के हाम्रो उद्देश्य भनेको पद मात्रै कुम्लाउनु हो ? संस्थाको बिधान नियम केहि मान्नु पर्दैन ? सक्नेलाई बिधान चैन नसक्नेलाई मात्र ऐन हो र ? मेरो मनसाय हामी समाज सेवा गर्न त्यहा जाने हो । एक अर्कामा हिलो छ्यापा छेप गरेर एक अर्काको बेइज्जती गरेर त्यो ठाउँ लिएर के समाज सेवा होला र भनेर एक आपसमा नजुधी त्यो ठाउँमा न बसे पनि सहयोग गरि रहने अठोट गर्दै टीका दिदी, दुर्गा दाइ र प्रेम लामाजीको आग्रहलाइ मान्दै उम्मेद्बारी फिर्ता लिए । 

हुनत एन आर एनका कार्यसमितिले अधिवेशन बारे समिक्षा मिटिङ्गमा धेरै कमि कमजोरी बारे कुराहर उठ्न पनि सक्छ । कमि कमजोरि बारे समिक्षा नगरी जे भयो भयो भनेर अगाडि बढ्दा अगामी दिनमा अझ भद्रगोल हुन सक्ने हुदा गलत कुराको पाठ सिख्दै अगामी दिनमा सम्पुर्ण गैर आवासीय नेपालीहरुलाइ समेट्न सक्ने किसिमले कार्य योजनाहरु बनाएर काम गरेको खण्डमा संस्थाको अझै गरिमा बढ्ने थियो  भनी आशा अनि बिश्वास लिएको छु । 



एन आर एन ए हङकङको छैटौ अधिवेशन बाट निर्वाचित  नयाँ  कार्यसमिति:     

Col. मिन बहादुर गुरुङ                आइ सि सि,

टिका गुरुङ (राधिका)                  अध्यक्ष,

कर्म गुरुङ                                 उपाध्यक्ष,

निरन्जन गुरुङ                            उपाध्यक्ष,

किसन राइ                               महसचिव,

टिका राना                                 सचिव,

गोकर्ण प्रसाद ढकाल                   कोषाध्यक्ष,

अनु राइ                                   महिला सम्योजक,

प्रेम लामा                                 युवा सम्योजक,

किशोर कुमार गुरुङ                     सदस्य,

सुरेन्द्र मान घले                           सदस्य,

बिजय कुमार गुरुङ                      सदस्य,

बसन्त श्रीनेत                            सदस्य,

भेषमणी श्रेष्ठ                             सदस्य,

बिजय श्रेष्ठ                               सदस्य,

ईन्द्र वनेम                                  सदस्य,

सिमा थापा                                सदस्य,

धरम कुमार गुरुङ                        सदस्य,



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13011850 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top