The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

जिल्ला वन बारामा: आधा करोड बेरुजु



अर्थ/बाणिज्य   324 पटक पढिएको   सुप्रिया ढकाल    २०७४ श्रावन २० शुक्रवार  

श्रावन २० शुक्रवार, बारा । जिल्ला वन कार्यालय बारामा झण्डै आधा करोड रकम बेरुजु देखिएको छ । बिभिन्न आर्थिक बर्षहरुमा कार्यक्रमको लागी लिएको पेश्कीको लगत ईस्टिमेट अनुसार बिल भर्पाई पेश नहुदा ४२ लाख ५९ हजार ४ सय ८६ रुपैया बेरुजु देखिएको जिल्ला वन अधिकृत भैरव अर्यालले जानकारी दिनुभयो ।

जिल्ला वन बारामा: आधा करोड बेरुजु

बेरुजु देखिएकोमा ग्रामिण क्षेत्र तथा कृषि वन बिकास केन्द्र नरहीको सबैभन्दा बढि ८ लाख ४६ हजार ५ सय ९६ रुपैया रहेको छ । जिल्लाका नौ वटा संस्थाहरुले रकम लिएर बिल भर्पाई पेश नगरेका हुन् । 

सो संस्थाहरुलाई जिल्ला वन कार्यालयका वन अधिकृत शिव शंकर ठाकुरले कार्यक्रम दिएका थिए । बेरुजु देखिएका संस्थाहरुले १५ दिन भित्र बिल भर्पाई पेश नगरे सरकारी नियम अनुसार असुल उपर गरिने जिल्ला वन अधिकृत भैरव अर्यालले चेतावनी दिनुभयो ।







सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13225093   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top