The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने


अर्थ/बाणिज्य 202 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २१ शनिवार


अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने


श्रावन २१ शनिवार, काठमाण्डौ । घरजग्गा कारोबारमा हुँदै आएको पूँजीगत लाभकर छली रोक्न सरकारले थप कडाइ थालेको छ । आन्तरिक राजस्व विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गर्दै यसअघि घरजग्गा किनबेच गर्दा विभिन्न शीर्षकमा पाइने लाभकर छुटका प्रावधान खारेज गरिदिएको हो।

विभागले व्यक्तिगत र संस्थागत कारोबारमा छुट्टाछुट्टै फारम प्रयोग गर्नु पर्ने, एक करोड रुपैयाँ माथिको कारोबारमा स्थायी लेखा नम्बर ९पान० अनिवार्य प्रयोग गर्नु पर्ने, जग्गा विकासका नाममा खर्च देखाउन नपाउने लगायत व्यवस्था लागू गरेको हो। साथै घर निर्माण सम्पन्न हुँदा नगरपालिका या गाउँपालिकाले गरेको मूल्याङ्कन भन्दा घटाउन नपाउने, घरको रङरोगन तथा मर्मत सम्भार गरेको खर्च कटाउन नपाउने, मुआब्जा पाउँदा पनि लाभकर तिर्नु पर्ने र एकाघरको तीन पुस्तामा ९हजुरबुबा, बुवा र छोरा० गरिने अंशवण्डा बाहेक कसैलाई जग्गा उपहार नै दिए पनि पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरेको छ। 

 बाबुले छोरालाई अंश दिँदा बाहेक अरु कुनै समय जग्गा पास गरिदिन चाहेमा पनि लाभकर तिर्नु पर्छ। साथै एकाघरको अंशबण्डा ९तीन पुस्ता भित्र० बाहेकको जग्गा कित्ताकाट भयो र उक्त जग्गाको मूंल्याङकन ३० लाख रुपैयाँ भन्दा बढी हुन्छ भने पनि लाभकर तिर्नु पर्नेछ। दुई या त्यसभन्दा बढिले सगोलमा राखेको जग्गाको कित्ताकाट गर्दा पनि लाभकर लाग्नेछ। यस्तो कित्ताकाट श्रीमान् श्रीमतीबीचमा भए पनि कर उन्मुक्ति हुने छैन। 

यो व्यवस्थाले घरजग्गा कारोबारमा तत्काल असर नदेखिए पनि कालान्तरमा प्रभाव पर्न सक्ने काठमाडौं मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत पद्दनिधी सोतीले बताए।

सोतीका अनुसार यसअघि पुरानो नगर तथा गाउँपालिकाले गरेको घरको मूल्याङ्कन पनि पुरानो भन्दै घटाइने गरेको थियो। कारोबारीले ६० लाख रुपैयाँ मूल्याङ्कन भएको घरलाई पुरानो भनेर ३० देखि ४० लाख रुपैयाँ मात्र लाभकर तिर्ने गरेका थिए। अब भने निर्माण सम्पन्न हुँदा लिएको प्रमाणपत्रमा उल्लेख भएको मूल्यलाई घटाएर लाभकर छुट लिन पाइँदैन।

त्यस्तै कसैले जग्गामा डोजर लगाएको या सम्याएको भन्दै खर्च देखाएर पनि कम लाभकर तिर्दै आएका थिए। अब बेचेको मूल्यबाट किनेको मूल्य सोझो रुपमा घटाई प्राप्त लाभमा कर तिर्नु पर्ने भएको छ। यदि कारोबारीले साँच्चिकै जग्गा विकास गरेको हो र त्यसमा छुट पाउन योग्य छ भने आन्तरिक राजश्व विभागमा निवेदन दिन सक्ने समेत उल्लेख गरेको छ। विभागले मनासिब देखेमा भने उक्त छुट पाइने जनाइएको छ।

त्यस्तै फरक फरक कित्तामा रहेको जग्गालाई एकै कित्ता बनाउँदा पनि लाभकर लाग्नेछ। आफूसँग भएको जग्गा थोरै भयो र केहि थपेर जग्गाको क्षेत्रफल बढाउँदा पनि ९चक्लाबन्दी गर्नु० लाभकर लाग्ने सोतीले बताए।

यसअघि संस्थागत घरजग्गा किनबेचमा मात्र पान प्रयोग हुँदै आएको थियो। अब करोड माथि कारोबार गर्ने व्यक्तिले पनि पान लिनै पर्ने भएको छ। घरजग्गा किन्ने बेच्ने दुबैको पान नभई पास गर्न नमिल्ने सोतीले जानकारी दिए।

यसरी कारोबार गर्दा आयको स्रोत देखाउनु पर्ने र त्यस अनुरुप कर तिरे नतिरेको पनि सरकारले अनुसन्धान गर्न सक्नेछ। 

बैंकमार्फत् कारोबारले अप्ठ्यारो


चालु आर्थिक वर्ष देखि १० लाख रुपैयाँभन्दा बढीको घरजग्गा किनबेचमा बैंकमार्फत कारोबार अनिवार्य गरिएको छ। यो व्यवस्थाको जानकारी नहुँदा जग्गा पास गर्न आएका धेरै व्यक्ति फर्केको सोतीले जानकारी दिए। जग्गा पास गर्नु अगावै किन्ने ब्यक्तिले बेच्नेको नाममा रकम जम्मा गर्नु पर्ने व्यवस्थाले जोखिम बढाएको उनको भनाइ छ।

 बैंक कारोबारलाई सहज बनाई दिए हुन्थ्यो, उनले भने( जसरी बैंक ग्यारेन्टी बसेको चेक वा भौचर नभई हामीले जग्गा पास गर्दैनौँ त्यसैगरी बैंकले पनि उक्त रकम जग्गा पास भएको प्रमाण नदेखाई झिक्न नदिने व्यवस्था गर्नु पर्छ।

 सकेसम्म बैंक ग्यारेन्टी बसेको चेक प्रयोग गर्न उनले कारोबारीलाई सुझाव दिएका छन्।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865265 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top