The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय तह निर्वाचन

निर्वाचन आयोगको विवरण



स्थानीय तह निर्वाचन   48 पटक पढिएको      २०७४ बैशाख ०६ बुधवार  

-हेटौडा अनलाईन खबर निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ वटै जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ

निर्वाचन आयोगको विवरण

आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा २९५ मतदान केन्द्र रहने भएको छ । यहाँको १० स्थानीय तहमा हुने निर्वाचनमा १६४ मतदान स्थलमा २९५ केन्द्र रहने निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ वटै जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको हो । जसअनुसार मकवानपुरमा २लाख २७ हजार ७५९ जना मतदाता स्थानीय तह निर्वाचनमा सहभागी हुनेछन् । निर्वाचनका लागि यहाँ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने निर्वाचन कार्यालयले तयारी तीव्र पारेको छ ।

काठमाडौंमा केन्द्रिय प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार देसै भरि मतदानस्थलको सङ्ख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ । यसैबीच आयोगले मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुनासमेत वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले छ आकारको मतपत्र छपाइ गरेको छ । मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्या अनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् । मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यो निर्वाचनबाट जम्मा १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने छ हजार ६८० वडाबाट एक–एक जना दलित महिला पनि चुनिनेछन् । स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ ।

कुन जिल्लाको मतदान स्थल र मतदान केन्द्र कति ? यहाँ हेरौं ।

मकवानपुर जिल्लाको नमुना मतपत्र हेर्नको लागि यहाँ क्लिक गर्नुहोस







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219816   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top