The first website dedicated to the people of clean and green city Hetauda.
logo
पत्रपत्रिकाबाट

आयल निगमले किनेको: करोडौंको जग्गा डुबानमा



पत्रपत्रिकाबाट   148 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २१ शनिवार  

श्रावन २१ शनिवार, रुपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।

आयल निगमले किनेको: करोडौंको जग्गा डुबानमा

निगमले गत असारमा रुपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यसमध्ये १४ कठ्ठा नदीकै बगरमा पर्छ । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो । अहिले नदीबाट उर्लिएको भेल निगमको जग्गा हुँदै बगेको छ ।

भू-माफियासँग चलनचल्तीको मूल्यभन्दा दोब्बर बढीमा निगमले जग्गा खरिद गरेको थियो । ओमसतिया गाउँपालिका–४ र ५ मा पर्ने रोहणी नदी किनारमा चल्तीको न्यूनतम मूल्य प्रतिकठ्ठा साढे १ लाखदेखि ३ लाख पर्छ । तर, निगमले १० लाख ९३ हजारका दरले खरिद गरेको थियो ।आजको नयाँ पत्रिकामा खबर छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224826   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top