The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?


शिक्षा/स्वास्थ्य 244 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २१ शनिवार


इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?


श्रावन २१ शनिवार, स्याङ्जा । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुुुस गर्दै यहाँका सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा कार्यालय स्याङ्जाका स्रोत व्यक्ति भरतप्रसाद बगालेले भने, “अहिलेको बिदालाई अन्य बिदामा कटाउने गरी जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको हो ।” 

यहाँका सामुदायिक विद्यालय साउन २२ गतेसम्म बर्खे बिदामा रहेकाले सामुदायिक विद्यालयमा बिदा गर्नु नपरेको बगालेले बताए। बजार क्षेत्रमा रहेका करिब १७ संस्थागत विद्यालय साउन २८ गतेसम्मका लागि बिदा गरिएको छ । 

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा  ‘बी’ पोजेटिभ देखिएको थियो । यही साउन ९ गते एक जनाको उपचारका क्रममा निधन भएपछि वालिङ आसपासका २० जनाको नमूना संकलन गरिएको थियो । 

“छ जनालाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले नियमित सम्पर्क गरिरहेको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले भने, “अब आत्तिनुपर्ने अवस्था छैन, छ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट प्राप्त भएको छ ।” 

यस रोगबाट बच्न खोक्दा, हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोषिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताए। रासस 


घातक बन्दै मौसमी इन्फ्लुएन्जा

इन्फ्लुएन्जा


इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा फ्लू भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो।

यसका लक्षणहरू सामान्यदेखि अत्यन्तै गम्भीरसम्मका हुन्छन्।

प्रायजसो देखा पर्ने लक्षणहरू: उच्च ज्वरो, नाकबाट पातलो सिँगान बग्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, टाउको दुख्ने, खोकी लाग्ने तथा थकान महशुस हुने आदि हुन्। सामान्यतया यी लक्षणहरू भाइरसको सम्पर्कमा पुगेको दुई दिनपछि सुरु हुन्छन् र धेरैजसो एक हप्ताभन्दा कमसम्म रहने गर्दछन्। यद्यपी यो रोगका कारण लाग्ने खोकी दुई हप्ताभन्दा बढी रहन सक्छ।

बालबालिकाहरूमा वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्छ तर वयस्कहरूमा यस्तो लक्षण नदेखिन सक्छ। वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता लक्षणहरू खासगरी इन्फ्लुएन्जासँग सम्बन्धित नहुने सङ्क्रामक पखाला (ग्यास्ट्रोएन्टराइटिस) भएको बेलामा देखा पर्छ। सङ्क्रामक पखालालाई गलत अर्थ लाग्नेगरी 'पेटको फ्लू' वा '२४ घण्टे फ्लू' पनि भन्ने गरिन्छ तर यसको वास्तविक फ्लूसँग कुनै सम्बन्ध छैन।

इन्फ्लुएन्जाले भाइरल निमोनिया, दोस्रो चरणको ब्याक्टेरियल निमोनिया, नाके ओढारको सङ्क्रमण (पिनास) जस्ता जटिलता निम्त्याउन सक्छ भने दम वा हृदयघात जस्ता समस्यालाई झनै जटिल बनाउन सक्छ

इन्फ्लुएन्जा भाइरसहरू धेरै प्रकारका भए पनि तीन वटाले मात्र मानिसलाई असर पुर्याउने गर्दछन्। ती भाइरसहरूलाई अङ्ग्रेजीमा टाइप ए, टाइप बी र टाइप सी भनेर नामाकरण गरिएको छ। साभारः विकिपिडियाबाट



सम्बन्धित तस्विरहरु

घातक बन्दै मौसमी इन्फ्लुएन्जा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865272 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top