The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम


शिक्षा/स्वास्थ्य 159 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २१ शनिवार


बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ?  लक्षणहरु,रोकथाम


श्रावन २१ शनिवार, बूढीनन्दा नगरपालिकाको कोल्टीमा आज १७ जना औलोका बिरामी देखा परेका छन्। बिरामी आफैँ स्वास्थ्य संस्थामा उपचारमा आएपछि औलोका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । उनीहरुको रगत परीक्षण गर्दा औलो रोग लागेको थाहा भएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए।

कोल्टी क्षेत्रमा अत्यधिक गर्मीका कारण लामखुट्टेको टोकाइबाट रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डा रुपचन्द्र विश्वकर्माले बताए। उनले घरआँगनमा पानीका खाडल र फोहर ठाउँमा बस्ने लामखुट्टेको टोकाइबाट रोग लाग्ने गरेको विश्वकर्माले बताए। 

लामखुट्टेबाट बच्नका लागि घर आँगन सफासुग्घर बनाउने र झुलको प्रयोग गर्ने र नियमित सरसफाइ गर्न डा विश्वकर्माले आग्रह गरेका छन्। शिविरमा सत्य शाहीको नेतृत्वको टोली उपचारका संलग्न छ। रासस 


औलो सङ्क्रमण

औलो रोगलाई परास्त गर्न, लगानी गरौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी शनिबार (अप्रिल २५) मा विश्व औलो दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाईन्छ । विश्वभर जनचेतना फैलाउने औलो रोग रोकथाम , निदान र उपचार विच भएको अन्तरलाई न्युनिकरण गरी सन २०३० सम्ममा हाल भएका संक्रमण तथा औलो रोगवाट हुने मित्युलाई ९० प्रतिशत घटाउने लक्ष्य सहित औलोरोग नियन्त्रणका विभिन्न कार्यक्रमहरु विश्वभर गरिएको छ ।

औलो रोगलाई परास्त गर्न, लगानी गरौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी शनिबार (अप्रिल २५) मा विश्व औलो दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाईन्छ ।

Sagun-Poudelविश्वभर जनचेतना फैलाउने औलो रोग रोकथाम , निदान र उपचार विच भएको अन्तरलाई न्युनिकरण गरी सन २०३० सम्ममा हाल भएका संक्रमण तथा औलो रोगवाट हुने मित्युलाई ९० प्रतिशत घटाउने लक्ष्य सहित औलोरोग नियन्त्रणका विभिन्न कार्यक्रमहरु विश्वभर गरिएको छ ।

सबै जनतालाई निशुल्क, प्रभाबकारी, गुणस्तरीय सेवा पुर्याउदै सन २०२५ सम्ममा नेपालले औलो रोग मुक्त देश वनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपालको स्थिती हेर्ने हो भने ६५ जिल्लाहरुलाई जोखिमयुक्त जिल्ला भनेर छुट्टाई औलो रोग नियन्त्रणका विभिन्न कार्यकर्महरु गरिएको छ । जस अन्तर्गत १३ उच्च जोखिम ,१८ मध्य जोखिम ३४ कम जोखिम र वाँकी १० जिल्लाहरु जोखिम रहित रहेका छन ।

नेपालका तराईका जिल्लाहरुमा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत वढ्दै गएको छ । जलवायु परिवर्तन तथा तापक्रम वढ्दै गएको हुँदा लामखुट्टेहरु पनि फयाटफुट्ट जता पनि देखिन थालेको हुँदा औलो जतापनि देखिन सक्ने सम्भावना देखिन्छ। नेपाल भारत खुला सिमाना, विचमा रक्त परिक्षण गर्ने प्रावधान नभएको कारण पनि नेपाल वाट काम गर्न गएको नेपालीहरु औलो रोगको सिकार भई नेपाल आँउदा रोग सहित आउने जसवाट घर परिवार तथा समुदायमा पनि लामखुट्टको टोकाईवाट सर्न सक्ने जोखिम बढी देखिन्छ ।

के हो औलो रोग ?


सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ। प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ। साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ।

प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन। मानिसको शरिरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकाश भई हुकिएका परजिवीहरु रगतको माध्यमवाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन। वेलामा नै सही निदान र उपचार नभए मा छोटो समय मै ज्यान लिन सक्ने रोग हो ।

के के हुन त लक्षणहरु ?

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन । निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन।

निदान तथा उपचार

संकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरुको रक्त नमुना संकलन गरी रक्त परिक्षण वाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा (महिला स्वास्थ्य स्वयंसेविका सहित अन्य स्वास्थ्य कार्यकर्ताद्वारा शंकास्पद औलोको रुपमा निदान, RDT द्वारा द्रत निदान परीक्षण, सक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी प्रमाणित औलो रोग भए नभएको निदान गरिन्छ ।

औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह वमोजिम पुर्णरुपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।

रोकथाम

लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरुको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुन वाट जोगिन सकिन्छ ।

घर घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु वच्ने उपायहरुको वारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरुले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट वच्न तथा अरु लाई वचाउन सकिन्छ ।

समुदाय स्तरमा जनचेतना फैलाउन तथा समुदाय स्तरमा नै रोकथामका उपायहरु अपनाउन मद्दत गर्ने यस्ता खालका दिवसहरुले निकै ठुलो भूमिका निर्वाह गरेका हुन्छ्न । तसर्थ हामी सवैले जानेका वुझेका कुराहरु एक आपसमा साटसाट गरेर नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले औलो रोग नियन्त्रण गरी देश तथा संसारलाई औलोरोग मुक्त वनाउन लागेको अभियानमा हाम्रो तर्फवाट पनि सक्दो सहयोग गर्न पर्ने देखिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम । साभारः अनलाइनखबर



सम्बन्धित तस्विरहरु

औलो सङ्क्रमण

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12958884 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top