The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङ


धार्मिक 152 पटक पढिएको दिल बहादुर लामा २०७४ श्रावन २१ शनिवार


गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङ


२०७४ श्रावन २१ शनिवार, मकवानपुर । गुम्बा बिहार पुनर्निर्माण जिल्ला सघर्ष समितिको संयोजकमा निरु थिङको संयोजकत्वमा एघार सदस्यीय संघर्ष समिति गठन गरिएको छ । भूकम्पपछि भत्किएका गुम्बाहरुको पुनर्निर्माण नभएको भन्दै आन्दोलित बनेका बौद्ध धर्मालम्बीहरुको विभिन्न जिल्लामा संघर्ष समिति गठन भैरहेको छ ।

देशभर २५ जिल्लाको ९९३ गुम्बा मध्ये मकवानपुरमा भूकम्पमा परि ८० वटा गुम्बाहरुमा क्षति भएको थियो । त्यस्तै सहसंयोजकहरुमा : लारिन दोर्जे लामा, मान बहादुर सिन्तान, दिल बहादुर लामा, सचिबमा सुबास सिन्तान, कोषाध्यक्षमा असलाल स्याङ्तान, सह-सचिबमा दोर्जे रुम्बा लामा र सदस्यहरु : बुद्धि भोम्जन, ज्ञान बहादुर लामा, सुन्दर भोम्जन र जित बहादुर लामा लगायत रहेका छन् । 

प्रमुख सल्लाहकारमा नेपाल तामाङ घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान,  संघर्ष सफल बनाउन जिल्ला भरिका सबै गुम्बाको लामा संगै ब्यबस्थापन समितिहरुलाइ सहभागी गराई आन्दोलन सफल बनाउन सबै लागि पर्नु पर्ने संयोजक थिङले बताउनु भयो ।  नेपाल तामाङ घेदुङ्को ३ नं प्रदेशका संयोजक सोम्बले तामाङको प्रमुख आतिथि रहेको थियो भने घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघर्ष समितिको संयोजक निरु थिङ्को अध्यक्षतामा भएको थियो ।

अहिले विभिन्न राजनीतिक पार्टीहरुले गर्दा ९ सय ९३ चिरा गराउने चलखेल चलिरहेको छ, यस बिषयमा सबै लामा प्रमुख लगायत गुम्बा ब्यबस्थापन समितिको पदाधिकारीहरु सचेत हुनु पर्ने र बौद्ध सम्पदा देशको धरोहर भएको बताउँदै यसको सम्बर्दन गर्न   जस्तो सुकै मूल्य चुकाउन पछि पर्न नहुने ३ न. प्रदेशको संयोजक तामाङले बताउनु भयो  ।

भुकम्पबाट क्षती भएका ९ सय ९३ गुम्बा तत्काल निमार्ण सुरु गर्नुपर्ने, हालै जारी गरिएको नयाँ कार्यविधि खारेज गर्नुपर्ने, नयाँ वजेट अनुसारकै रकम प्रदान गर्नुपर्ने, भत्किएका गुम्बाको संख्याको पहिचान गर्नुपर्ने लगायत माग अघि सारेको छ । 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12862095 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top