Hetauda Online - मकवानपुरको माझीगाउँ लाई नमूना गाउँ बनाइने
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मकवानपुरको माझीगाउँ लाई नमूना गाउँ बनाइने


स्थानीय समाचार 3 पटक पढिएको यादव चौलागाई २०७४ श्रावन २१ शनिवार


मकवानपुरको माझीगाउँ लाई नमूना गाउँ बनाइने


श्रावन २१ शनिवार, मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको माझिगाउ लाई नमूना गाउँ बनाइने भयको छ । माझी उथ्थान संघ मकवानपुरको आयोजनामा आज जुरेलिमा भयको बकैयाको निर्वचित जनप्रनिधिलाइ सम्मानगर्न आयोजित कार्यक्रममा जुरेली माझीगाउँलाई नमुना बस्ती बनाइने जानकारी गराइएको हो ।

माझी उथ्थान संघ मकवानपुरको आयोजनामा भयको सम्मान कार्यक्रम बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सरला बोलखेको विशेष आतिथ्यतामा भयको थियो । सिमान्तकृत तथा पिछडिएको अबस्थामा रहेका माझी समुदायलाइ शिक्षा स्वास्था तथा सरकारि पहुचमा पुर्याउन जरुरी रहेको बताइयको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले माझी समुदायको स्थानिय संस्कृति तथा पेशा ब्यवसायिकरन गरि समुदाय मा अब्बल बनाउन भुमिका खेल्ने बताउदै गाउँपालिका हाल माझी समुदायको प्रतिनिधित्व समेत गराइयको बताउनु भयो, त्यस्तै कार्यक्रममा उपाध्यक्ष सरला बोलखेले जातिय भन्दा बर्गिय रुपमा माझी समुदायलाई बिशेश रुपमा सम्बोधन गरिने बताउनुभयको थियो । माझी संघ मकवानपुरका अध्यक्ष आशिष् कुसुवार माझिको सभापतित्वमा भयको कार्यक्रममा बकैया ४ का वडा अध्यछ राजन दङ्गालले नमूना गाउँको प्रस्ताव आफुले गरेको बताउदै बकैया को प्रमुख प्रबेश गाउँलाई नमुना र समृद्धिको गाउँ बनाउने जानकारी गराउनु भयको थियो । 



५ नम्बर वडा अध्यक्ष शेरमान घलान, तथा माझी संघका केन्द्रीय सदस्य लक्ष्मी माझी, स्थानीय अगुवा श्याम माझी लगायतले आफ्नो धारणा राखी विशेष सम्बोधन गर्नु पर्ने धारणा राख्नुभयको थियो ।



स्मरण रहोस माझी जातीले आफ्नो जातिय धर्मको रुपमा प्रकृति धर्म मान्ने गर्द्छ्न ! भने, मन्दिर पुजा नगरी आफ्नो बासस्थान तथा थानी पुजा गर्दछ्न । भने पर्वको रुपमा लदि पर्व माघ १ गते मनाउने गरेका छ्न । मकवानपुर र सिन्धुलीमा माझीहरुको यकिकृत बसोवास रहेको छ ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697617 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top