Hetauda Online - दक्षिणकालीमा नयाँ नेतृत्व
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

दक्षिणकालीमा नयाँ नेतृत्व


स्थानीय समाचार 3 पटक पढिएको भानुभक्त आचार्य २०७४ श्रावन २१ शनिवार


दक्षिणकालीमा नयाँ नेतृत्व


२०७४ श्रावन २१ शनिवार, मकवानपुर । हेटौंडा,५ मा रहेको दक्षिणकाली टोल विकास संस्थाको आठौं वार्षिक साधारणसभाले शारदाकुमारी अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

संस्थाका अध्यक्ष राधाकृष्ण पुडासैनीको अध्यक्षतामा भएको साधारणसभाले उपाध्यक्ष ईश्वरी पराजुली, सचिव अमिशा पराजुली, कोषाध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठ, सदस्यमा हरिनारायण हुमागाई, गणेशबहादुर पोख्रेल, सीता चौलागाई, श्रृजना भट्टराई, नारायण थापालाई चयन गरेको हो । 

टोल विकास संस्था समन्वय समिति हेटौंडा-५ का अध्यक्ष पदम बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यसरस्वती दाहाल, सामुदायिक परिचालक ईश्वरी चालिसे, दक्षिणकाली टोल विकास संस्थाकी सहसचिव अमिशा पराजुलीलगायतले मन्तब्य व्यक्त गरेका थिए । भेलामा संस्थाका कोषाध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठले माशिक बचत गर्ने हरेक सदस्यको बचत १४ हजार दुईसय रुपैयाँ पुगेको र गत आवमा २४ लाख रुपैयाँ ऋण लगानी गरिएको बताए । भेलाले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ । संस्थाले कूल ४९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । 





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697597 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top