The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सरकारी घरबाट बनकरिया बञ्चित


स्थानीय समाचार 5 पटक पढिएको -भानुभक्त आचार्य २०७४ बैशाख ०७ बिहीवार


सरकारी घरबाट बनकरिया बञ्चित


हेटौडा अनलाईन खबर अन्य जनजाति भन्दा पनि सीमान्तकृत मानिने वनकरिया समुदाय सरकारले नै निर्धारण गरेको मापदण्डको कारण घर सुविधाबाट बञ्चित भएका हुन् ।

विगत केही वर्षदेखि लगातर रकम विनियोजन हुँदै आए पनि कार्यविधि संशोधन हुन नसक्दा वनकरियाको नाममा घर बन्न नसकेको जनता आवास कार्यक्रमको सचिवालय भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका कामु प्रमुख सुदीप आचार्यले बताए । उनले आफूहरुले लेखेर पठाए पनि केन्द्रबाट निर्णय नभएको उल्लेख गरे । 

भौतिक योजना तथा निर्माण मन्त्रालयले वनकरियाका लागि १५ वटा घर निर्माणका गर्न रकम उपलब्ध गराए पनि नम्बरी जग्गा नहुँदा रकम फ्रिज हुँदै आएको छ । जंगलको छेउमा कटेरोजस्तो बनाएर बसेकालाई कष्टकर जीवनशैलीबाट सहज बनाउने उद्देश्यले १० वर्षअघि सबै सरकारी तथा गैरसरकारी निकायको पहल र एकीकृत प्रयासमा हाँडीखोला गाविस–७ डाँडागाउँबाट नजिकैको मुसेधापमा स्थानान्तरण गरिएको थियो । उनीहरु वन कार्यालयले कवुलियतनामा गराई उपलब्ध गराएको जग्गामा खेतीपाती गरेर बसिरहेका छन् । 

स्थानान्तरण पछि वनकरिया पशुपालन, माछापालन र खेतीमा लागेकाले जीवन धान्नका लागि जंगलमा गिठ्ठा खोज्न जाने गरेका छैनन् । सरकारले सामाजिक सुरक्षाबापत दिएको प्रतिब्यक्ति दुई हजार रुपैयाँले उनीहरुको गुजारो राम्रसँग चलिरहेको छ ।

वनकरिया बसोबास गरेको क्षेत्र पर्सा बन्यजन्तु आरक्षको मध्यबर्ती क्षेत्रमा पर्ने भएकाले समस्या परेको आचार्यले बताए । आरक्षणले वन आफ्नो क्षेत्रका घर निर्माण गर्न नदिने र अन्यत्र उनीहरुको नाममा नम्बरी जग्गा नभएकाले जनता आवासअन्र्तगत घर निर्माण हुन नसकेको उनले जानकारी दिए । नम्बरी जग्गा नभएका कारण वनकरियाको घर निर्माणका लागि आएको रकम पटकपटक फिर्ता हुँदै आएको छ । नम्बरी जग्गा भएका कारण चेपाङ समुदायको घर निर्माण भएपनि वनकरिया भने बञ्चित छन् ।

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई वनकरिया बस्तीमा एक रात बास बस्दा लालपूर्जा उपलब्ध गराउने आश्वासन दिएका थिए । उनले समस्या समाधानका लागि कार्यदल बनाए पनि सक्रिय नहुँदा वनकरियाले जग्गा प्राप्त गर्न सकेका छैनन् । वनले २० वर्षका लागि उपलब्ध गराएको जग्गा भने ४० वर्षसम्म भोगाधिकार दिने निर्णय डा. भट्टराईले मन्त्रिपरिषद्बाट गराएका थिए । 

विगतमा आवास कार्यक्रमअन्र्तगत वनकरियाका लागि १५ वटा पक्की घर निर्माणको रकम उपलब्ध गराए पनि लालपूर्जा नहुँदा निर्माण अवरुद्ध भएको थियो । जिल्ला प्रशासनले वनकरिया समुदायको समस्या समाधानका लागि वैकल्पिक व्यवस्था आवश्यक भएको बताउँदै माथिल्लो निकायमा जानकारी गराएपनि समाधान आएको छैन । सरकारले विशेष निर्णय गरेर भए पनि वनकरियालाई घर उपलब्ध गराउन सकेको खण्डमा उनीहरुको जीवन सहज हुने हाँडीखोला गाविस सचिव राजु आचार्य बताउँछन् । जनता आवासअन्र्तगत घर निर्माण गर्न राज्यले नै वनकरियालाई नम्बरी जग्गा खरिद गर्दिनु पर्ने माग उठेको छ । 

वनकरियाको अहिले भएको घरलाई नै आदिवासी जनजाति प्रतिष्ठानले मर्मत गरिदिएको छ । भूकम्पले घरमा क्षति पुगेपछि प्रतिष्ठानले मर्मत गरेर बसोबासका लागि सहजता प्रदान गरेको हो । प्रतिष्ठानले यसअघि वनकरियालाई सोलार जडान गरिदिएको थियो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13158317 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top