The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

सम्बन्ध विच्छेदमा: वैदेशीक रोजगारी मुख्य कारण


राष्ट्रिय समाचार 12 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २२ आइतवार


सम्बन्ध विच्छेदमा: वैदेशीक रोजगारी मुख्य कारण


श्रावन २२ आइतवार, पर्सा । पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०/७१ मा सम्बन्ध विच्छेदका ६० वटा मुद्धा दर्ता भएको थियो । त्यसपछिका हरेक वर्षमा पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढदै गएको छ ।

उमेर नपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारीका कारण पर्सामा  पति पत्नि बिचको सम्बन्ध विच्छेद  अर्थात डिभोर्सका घटना वर्षेनी बढदै गएको हो ।

आर्थिक २०७१/०७२ मा एक सय ३३ वटा र आर्थिक वर्ष २०७२/०७३ मा एक सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३/०७४ मा भने सम्बन्ध विच्छेदका एक सय ७९ वटा मुद्धा दर्ता भएको पर्सा जिल्ला अदालतले जनाएको छ । छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिएका कारण पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको पर्सा जिल्ला अदालतका सुचना अधिकारी नारायण पौडेलले जानकारी दिनु भयो ।

उमेर नपुग्दै अभिभावकको करकापमा विहे गरिन्छ , महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर बस्छन् , उहाले भन्नु भयो ,‘लामो समय सम्म बाहिर बस्दा पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन् , यही कारणले नै अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ ।

तराइ मधेशमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले  सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले पनि बताउनु भयो ।वैदेशिक रोजगारीका कारण पनि पतिपत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार ठाकुर खरेलले बताउनु भयो ।  

पति पत्नि बिचको अधिकांश सम्बन्ध विच्छेद कम उमेरमै विहे गर्ने र वैदेशीक रोजगारका कारण नै हुने गरेको श्रेस्तेदार खरेलले  बताउनु भयो । वैदेशिक रोजगारीमा दुई तीन वर्ष बिताएर घर फर्किएपछि पति पत्निको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध बिच्छेद गर्ने चलन बढ्दो रहेको उहाले बताउनु भयो  ।

बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि पर्सामा सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या दिन प्रति दिन बढदै गएको अधिवक्ता यादवको तर्क छ । 

साभारः साझा समाचार 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901074 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top