The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

सावधान: तपाईपनि यस्तो एप्स प्रयोग गर्दै हुनुहुन्छ ?


सूचना/जानकारी 74 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २२ आइतवार


सावधान: तपाईपनि यस्तो एप्स प्रयोग गर्दै हुनुहुन्छ ?


श्रावन २२ आइतवार, हेटौंडा । केही दिन यता फेसबुकमा टेस्टोनी एप प्रयोग गरेर त्यसले नतिजा हेर्दै रमाइलो गर्नेहरुको संख्या उल्लेख्य बढेको छ। केहि भने यसलाई आतंकको रुपमा लिदै यो सुरक्षित नभएकोले यसको प्रयोग नै नगर्न सुझाव दिईरहेका भेटिन्छन ।

के हो टेस्टोनी एप ?

यो फेसबुकमा प्रयोग हुने एउटा थर्ड पार्टी एप्लिकेशन अर्थात फेसबुकले आधिकारिकता नदिएको एप्लिकेशन हो । यसले “तपाईंको बिहे कोसँग हुन्छ?”, “तपाईं भविष्यमा के बन्नुहुन्छ?”, “तपाईको मृत्यु कहिले हुन्छ?” लगायतका प्रश्न सोध्ने र त्यसको उत्तर दिने गर्दछ । अहिले नेपालका फेसबुक प्रयोगकर्ताले यिनै प्रश्नको उत्तरलाई एप मार्फत आफ्नो प्रोफाइलमा शेयर गरिरहेका हुन्छन् ।

कसरी हुन्छ खतरा ?

जब यस एपले सोध्ने प्रश्नको उत्तर थाहा पाउनको लागि हामीले किल्क गर्छौ यसले फेसबुकमा लग इन् गर्न लगाउँछ । त्यसपछि यसले हाम्रो अनुमति माग्छ ।

हामी पढ्दै नपढी अगाडी बढ्छौ तर त्यसले हाम्रो प्रोफाइलमा भएको जानकारी हेर्नको लागि अनुमति लिई सकेको हुन्छ ।

कम्प्युटर प्रोग्रामर टुरूप संग्रौला भन्छन, यसले हाम्रो म्यासेज पनि हेर्न सक्छ । त्यहि म्यासेजमा हामीले गरेको कुराकानीको आधारमा यसले आफ्नो नतिजा दिने गर्छ ।

जस्तै हामीले धेरै बोल्ने व्यक्तिलाई यसले गर्लफ्रेण्ड वा ब्याई फ्रेण्ड हो भनेर नतिजा दिन्छ । संग्रौला भन्छन ‘यसले हामो पासवर्ड त् लिदैन तर यसले हाम्रो एकाउन्ट र म्यासेजमा भएको गोप्य विवरण र सुचनाहरु मिसयुज गर्न सक्छ’ । सोहि कारण यस्ता एप्लिकेशन प्रयोग नगर्नु नै उचित हुने उनको सुझाव छ ।

किन आउछन् यस्ता एप ?

यी एपहरु मुलत पैसा कमाउनकै लागि बनाईएक हुन् । यो एप नेपालमा मात्र नभई बिश्वभर छ । हाल यो एप नेपाली र हिन्दी र अंग्रेजी सहित ४५ वटा भाषामा उपलब्ध छ । यस प्रकारका साइट खोल्ना साथ त्यहाँ गुगलले दिने गुगल एडसेन्स अर्थात गुगलमार्फत हुने बिज्ञापन देख्न सकिन्छ । त्यहाँ देखिएको एडमा क्लिक गर्दा उनीहरुलाई पैसा आउछ । एडमा क्लिक नगरेपनि त्यस पेजमा गरिएको भिजिटर अनुसार उनीहरुलाई राम्रै आम्दानी हुन्छ ।

यो एपले प्रयोगकर्तालाई प्रश्न र उत्तर बनाउने सुबिधा दिएकाले यसको प्रयोग झन् बढेको हो । प्रयोगकर्ताले आफु अनुकुलका प्रश्नहरु बनाएर यसको प्रयोग गरिरहेका छन् ।

यो एप नेपालमा अहिले बल्ल भाइरल भएको भएपनि यो भर्खरै बनेको भने होइन । यो सन् २०११ मै दर्ता भएको थियो । जसले यो साइट दर्ता गर्यो उसले आफ्नो सम्पूर्ण विवरण भने गोप्य राखेको छ । एलेक्सा र्यांक अनुसार हाल यो साइट बिश्वमा २११८ को र्यांकमा छ ।

कसरी बच्ने ?

यसबाट बच्न २ तरिका छन् ।

पहिलो : यस एपबाट आफ्नो टाइमलाइनमा कुनै पनि पोस्ट नदिखिने बनाउने । दोस्रो यसलाई दिएको अनुमति नै हटाईदिने अर्थात् यो एप नै हटाइदिने ।

यदि तपाईले यो एप प्रयोग गर्नु भएको छैन र तपाई अरुले यसको पोस्ट गरेको देखेर दिक्क हुनु भएको छ भने तपाईलाई पहिलो बिकल्प उत्तम हुन्छ ।

टाइमलाईनमा यस्तो पोस्ट देखिंदा त्यसको दाहिने पट्टि भएको ३ ओटा … मा क्लिक गर्ने अनि थप अप्सनमा क्लिक गरी Hide all from testony.com app मा क्लिक गर्ने ।

यसो गर्दा तपाईले अरुले गरेको पोस्ट मात्र देख्नु हुन्न तर तपाइले त्यस एपलाई दिएको अनुमति यो एपसंग अझै कायम हुन्छ र उसले तपाइको प्रोफाइलमा भएको इन्फर्मेसन मिसयुज गर्न सक्छ ।

त्यसलाई दिएको परमिसन नै हटाऊनको लागि फेसबुकको सेटिंगमा जाने , त्यसपछि देब्रेपटि रहेको अप्सनहरुको सुचीबाट app मा क्लिक गर्ने । त्यसपछि टेस्टोनी एप खोजेर त्यस माथि माउस लैजाँदा X देखिन्छ, त्यहाँ क्लिक गरेर remove मा क्लिक गर्ने । यसो गर्दा यस एपले तपाइको सूचना प्रयोग गरेर हुने सम्भवित जोखिमबाट बच्न सकिन्छ । साभारः नयाँबाटो 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13158329 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top