Hetauda Online - चुनावलाई व्यवस्थि गर्न तयारी तिव्र
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

चुनावलाई व्यवस्थि गर्न तयारी तिव्र


स्थानीय समाचार 68 पटक पढिएको २०७४ बैशाख ०७ बिहीवार




हेटौडा अनलाईन खबर चुनावलाई लक्षित गर्दै नगरका १९ वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्दं) हेटौडा उपमहानगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका वडा अध्यक्ष तथा वडा अध्यक्षको उम्मेदवारहरुको समेत उपस्थिति रहेको थियो । चुनाव परिचालन समितिका संयोजक प्रकाश पाण्डेको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार बलराम बलको प्रमुख आतिथ्ता रहेको थियो । माओवादीको उपहार नगर गाउँमा सिंहदरबार भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएको नेकपा (माओवादी केन्द्र) हेटौडा नगरले बैठकमा वस्तुगत अवस्थाको बारेमा वडा अध्यक्षहरुबाट रिर्पोट प्रस्तुत गरिएको थियो। चुनावलाई लक्षित गर्दै नगरका १९ वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो । बैठकले पार्टीको योजना अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि एक बुथ ३०० युथ स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय तय गरिएको छ।साथै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।



कमेन्टसहरु





12745966 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top