Hetauda Online - एमालेको बहिस्कार: मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

एमालेको बहिस्कार: मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ


राष्ट्रिय समाचार 3 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २२ आइतवार


एमालेको बहिस्कार: मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ


श्रावन २२ आइतवार, चितवन । भरतपुर महानगरपालिकाको शपथ ग्रहण कार्य्रक्रम एमालेले बहिस्कार गरेको छ । आइतवार दिउँसो सुरु भएको शपथ ग्रहणमा एमालेका तर्फबाट निर्वाचित कोही पनि प्रतिनिधिले भाग लिएका छैनन् ।

'मतपत्र च्यात्नेसंगै शपथ लिंदैनौ । यसले लोकतन्त्रको खिल्ली उडाउने काम हुन्छ' एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल भने, 'हामी छुट्टै भोली शपथ लिन्छौं ।' भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुको शपथ चितवन जिल्ला समन्वय परिषद्को सभाहलमा भइरहेको छ । 

गत बैशाख ३१ गते भएको निर्वाचनको मत गणना भइरहेको बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थागित मतगणना सर्वोच्च अदालतको फैसलापछि १९ नम्बर वडाको पुन मतदान भएर गणना भएको थियो । पुन: मतदानपछि भएको मतगणनामा मेयरमा माओवादी–कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले जितेकी छन् । 

भरतपुर महानगरपालिकाको मत परिणाम अनुसार १४ वटा वडामा एमाले, १२ वडामा नेपाली कांग्रेस र ३ वडामा एमालेले जितेको छ । वडा नम्बर ४ र ७ को भने विवाद भएका कारण पुनरावेदन अदालतले सपथ नखुवाउन आदेश दिएकोले रोकिएको छ । 






कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697612 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top