The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

उम्मेदवारले सुझाव मागे बुद्धिजीवीसँग



स्थानीय समाचार   52 पटक पढिएको      २०७४ बैशाख ०७ बिहीवार  

हेटौडा अनलाईन खबर नगरको मेयरको निम्ति उम्मेदवार बन्ने नेताहरुले नेकपा माओवादी केन्द्र निकटका बुद्धिजीवीहरुसँग आवश्यक सुझाव र सल्लाह मागेका छन् ।

नगरको मेयरको निम्ति उम्मेदवार बन्ने नेताहरुले नेकपा माओवादी केन्द्र निकटका बुद्धिजीवीहरुसँग आवश्यक सुझाव र सल्लाह मागेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको संयुक्त आयोजनामा जनमत निर्माणको लागि हाम्रो दायित्व र भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुद्धिजीवी संगठनका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई विजयी गराउन के कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा हेटौडा उपनपाका उम्मेदवार बलराम बलले आफ्नो मन्तव्य राखेपछि उपस्थित वक्ताहरुले सुझाव राखेका थिए । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्यहरु कमान सिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, मजदुर नेता रामशरण घिमिरे लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरु बसन्त गौतम, ऋषिराम पोख्रेल, डा. सम्राट तुम्बाहाङ्फे, कौशल पाण्डे, भोगेन्द्र लुइटेल, कमलचन्द सुमन, केशव गौतम, नानीमैया विष्ट, तारानाथ खतिवडा लगायतकाले धारणा राखेका थिए ।





भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219812   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top