The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

विजयी घरदैलोको चटारोमा मेयर रेणु, भन्छिन्: जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु


राष्ट्रिय समाचार 27 पटक पढिएको राजेन्द्र आचार्य २०७४ श्रावन २४ मंगलवार


विजयी घरदैलोको चटारोमा मेयर रेणु, भन्छिन्: जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु


श्रावन २४ मंगलवार, चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचिच मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । सगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् ।

नेपाल कै महानगरको पहिलो महिला मेयर बन्नु भएको रेणु दाहल दुई दिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह गरे अनुसार नै सक्रिय भएको बताईन् । चितवनमा विगतमा जितेका उम्मेदवारहरु गाउँ नपस्ने आरोप लागिरहेका बेला अहिले गाउँ टोलसम्म पुगेका हुन् । म क्रमिकसगँ सबै वडामा धन्यावाद ज्ञापन, बधाई लिनसगैँ सुझाव संकलन गर्न पुग्नेछु ।

मेयर र उपमेयरसहित वडा अध्यक्षहरु विजयी बनाउने सबै मतदाता, शुभेच्छुक, शुभचिन्तक हरुलाई धन्यवाद दिन जनताको घरघरमा पुगेका हुन् ।

जनताको घरघर गई समस्या सुन्ने र त्यसको समाधानमा लागि पर्ने मेयर रेणु दाहालले बताईन् ।

जनतासंग भोट मागियो, जनताले भोट दिएर जिताए, त्यसैले अहिले विजयी ¥र्यालीसंगै घरदैलोमा गएर जनतासंग समस्या पनि बुझ्ने गरेको छु’—रेणुले भनिन् । धन्यवाद मात्र होईन् अब कुन विकास पहिला र कसरी भन्ने बारेमा सुझाव समेत लिएको छु ।

विगतमा जितेपछि नेताहरु जनताको घरमा फर्किएनन् भनेर गुनासो आउने गरेकाले आफू विजयी भएदेखि नै जनताको घरदैलोमा जान थालेको बताउँदै उनले आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेर उनीहरुको सुख दुःखमा साथ दिने बताईन्  ।

चुनावमा विजयी भएको घोषणासँगै आफुहरु  कार्यकर्ता र मतदातासम्म पुग्न हतार भएको उमेयर पार्वती शाहले बताईन् ।

गाउँ गाउँमा बुनेर राखेको माला सुक्न लागेको भन्दै मतदाताले बोलाईएको छ ’ नवनिर्वाचत मेयर रेणुले भनिन्   ।।।चुनाव अगाडिको भन्दा बढीहौसला जिते पछिको घरदैलोमा भएको छ ।’ पहिला भोट माग्दा किन दिने भन्ने प्रश्न गर्ने मतदाताहरु विजयीभएसँगै घर बाहिर घडा राखेर स्वागतमा निस्कीएका छन् । अब विकास जनप्रिय काम गरेर देखाउन चुनौती थपिएको छ ।

गाउँमा आफुहरु पुग्दामा जनताले सबै भन्दा बाटोघाटो निर्माण, स्वास्थ्य शिक्षा र पर्यटन, आयआर्जन र सीपमूलक कामलाई प्रथामिकतामा राख्न सुझाव दिएको मेयर दाहालको भनाई छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित )

यस्तो छ महोत्तरी-१ का उम्मेदवार बिना बिभागिय मन्त्री पोखरेलको चुनावी अभियान

राजपा र काग्रेस परित्यागगरि सयौ माओवादी केन्द्रमा प्रवेश

प्रहरीद्वारा ठुलो परिणाममा गाँजा खेती नष्ट

बाटो भरि गिटीबालुवा ढुङ्गा, यात्रीलाई समस्या

विश्वकै गरिब राष्ट्रपतिको यस्तो छ जीवनशैली

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

कहाँबाट कति ले भोट हाल्दै : निर्वाचन कार्यालय बाराले शार्वजनिक गर्र्यो मतदाताको सुचि बिवरण

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901069 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top