The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा


अर्थ/बाणिज्य 146 पटक पढिएको कृष्ण पौडेल २०७४ श्रावन २५ बुधवार


सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा


श्रावन २५ बुधवार, सिमरा । जीतपुरस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवन उदघाटन तथा नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

भवन उदघाटन तथा नवौं वार्षिक साधारण सभामा बोल्दै बारा ४ की सांसद नेजमा खातुनले सहकारीहरुले महिला तथा पछि परेका समुदायको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सहकारीहरुको विकासमार्फत समाजको प्रगतिमा आफुहरु प्रतिवद्ध रहेको बताउदै खातुनले महिलाहरुको सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंशा गर्नुभयो । 

कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक एवम् सामाजिक अभियन्ता डा. कृष्ण पौडेलले सहकारीहरु राजनीतिक, आर्थिक एवम् सामाजिक विकासको पर्याय भएको बताउनुभयो । राजनीतिक संक्रमणको पूर्णतासंगै मुलुक आर्थिक समृद्धिमा अघि बढनुपर्ने सोकालागि सहकारीहरुको प्रवद्र्धनमा राज्य र सरोकार निकायहरु गम्भिर हुनुपर्ने डा. पौडेलले बताउनु भयो । सहकारीहरु स्थानीय रुपमा सीमान्तीकृत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोगी हुने डा. पौडेलले बताउनुभयो । 

संस्थाकी अध्यक्ष सीता उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख अञ्जु ढुंगाना, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष भोला गौतम, जीतपुरसिमरा उपमहानगर महिला सञ्जालका अध्यक्ष अनिता लम्साल, गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गणेशजी साहलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण देवी सापकोटाले गर्नुभएको थियो । 

२३ लाखको लगानीमा बनेको उक्त भवनमा सांसद खातुनले संसदीय विकास कोषबाट रु. दश लाख, जिल्ला महिला तथा बालबालिका कार्यालयको रु. डेढ लाख र बांकी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको छ । 

 नौ वर्षअघि स्थापित संस्थामा हाल ७ सय सदस्यहरुवीच एक करोडको कारोवार भइरहेको छ । सहकारीले महिलाहरुको वित्तिय सशक्तीकरणअलावा सीपमूलक तालीमहरु र समाजसुधारका क्रियाकलापहरु सम्पादन गरिरहेको संस्थाकी सचिव उषा पौडेलले बताउनुभयो । 





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865263 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top