Hetauda Online - गढीमा माओवादी केन्द्रको कार्यक्रम
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

गढीमा माओवादी केन्द्रको कार्यक्रम


स्थानीय समाचार 64 पटक पढिएको २०७४ बैशाख ०७ बिहीवार




हेटौडा अनलाईन खबर नेकपा (माओवादी केन्द्र) मकवानपुरको गढी गाउँपालिका वडा ७ सुकौरामा निर्वाचन प्रचारप्रसार समिति कार्यलय उद्घाटन गरिएको छ । वडा अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य भीम पाख्रिनले उद्घाटन गरेको हो ।

सोही अवसरमा प्रकाश योञ्जनको संयोजकत्वमा ३९९ जना निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यसैगरी ८ न.वडा बुढीचौरमा कार्यालय उद्घाटनसहित वडा अध्यक्ष रोल बहादुर गोलेको संयोजकत्वमा २९९ जना निर्वाचन प्रचारप्रसार कमिटी निर्माण गरिएको छ । एक वुथ ३०० युथ भन्ने नारा मुताविक योङ कम्युनिष्ट लिग ८ न.वडा अध्यक्ष भगत बहादुर गोलेको नेतृत्वमा ८१ जना बुथ सुरक्षा तयारी समिति समेत गठन गरिएको केन्द्रीय सदस्य भीम पाख्रिनले जानकारी दिए। कार्यक्रममा अतिथिहरुमा गढी गाउँकमिटी इन्चार्ज मानकुमारी नेपाली, नेताहरु चन्द्र योञ्जन, गोकुल लम्साल, हेम बहादुर लामा, यादव अधिकारी लगायतका रहेका थिए । 






कमेन्टसहरु



ताजा समाचार



12423256 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top