Hetauda Online - महिला उद्यमीको साधारणसभा, उत्कृष्ट महिला, उद्यमी, पत्रकार, सम्मानित
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

महिला उद्यमीको साधारणसभा, उत्कृष्ट महिला, उद्यमी, पत्रकार, सम्मानित


स्थानीय समाचार 64 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ श्रावन २६ बिहीवार


महिला उद्यमीको साधारणसभा, उत्कृष्ट महिला, उद्यमी, पत्रकार, सम्मानित


श्रावन २६ बिहीवार, हेटौंडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघले मकवानपुरका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई आज सम्मान गरेको छ । संघको पाँचौ साधारण सभा, सम्मान कार्यक्रम तथा तीज विशेष कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

संघले मकवानपुर महिला उद्यमी २०७४, पत्रकारिता पुरस्कार २०७४ र उत्कृष्ट महिला पुरस्कार २०७४ शीर्षकबाट पुरस्कार वितरण गरेको थियो । मकवानपुर महिला उद्यमी पुरस्कार २०७४बाट टेस्टी अचार उद्योगकी प्रोपाइटर सुचना श्रेष्ठ, पत्रकारिता पुरस्कार २०७४ बाट सम्वृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, उत्कृष्ट महिला पुरस्कारबाट २०७४ बाट उज्वल शिक्षा निकेतनकी संचालक तासी डोल्मा तुम्वाहाम्फे सम्मानित हुनुभएको छ । प्रमुख अतिथि तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले आशनबाट उनीहरुलाई सम्मान गनुभएको हो । त्यस्तै लेखा सम्बन्धि कार्य गरेवापत संघले नगद सहित निर्मला शर्मालाई सम्मान गरेको छ । 

संघले आजै नर्या कार्यसमिति पनि चयन गर्ने छ । संघमा हाल ५७ जना सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा हेटौडा उपमहानगरकी उपमेयर मीना लामाले महिला उद्यमीसँग नगरपालिकाले सहकार्य गर्दै जाने बताउन’भयो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले बिकासकै मुल अधारमा नै आर्थिक बिकास भएपनि आर्थिक अभावका कारण कतिपय अवस्थामा महिलाहरु पछाडी परेको बताउन’भयो । 

यसैबीच साधारण सभाले पुनः शुशीला पांण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष उधोग तर्प सीता कुमारी श्रेष्ठ,बाणिज्य तर्फ रन्जना श्रेष्ठ चयन हुनुभएको छ भने सचिवमा टासीडोल्मा तुम्बाहाम्फे,सहसचिवमा कपिला श्रेष्ठ,कोषाध्यक्षमा निर्मला शर्मा सहित सदस्यहरुमा मनिषा घले थापा,अप्सरा मानन्धर,जानकी दाहाल,श्याम श्रेष्ठ तथा मनु लामा  चयन हुनुभएको छ ।






कमेन्टसहरु



लोकप्रिय



12809155 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top