The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

हज यात्रीहरुलाई बिदायी


धार्मिक 194 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २७ शुक्रवार


हज यात्रीहरुलाई बिदायी


श्रावन २७ शुक्रवार, नवलपरासी नवलपरासीका हज यात्रीहरुलाई आज हारमाला लगाई बिदायी गरिएको छ । जिल्लाको विभिन्न क्षेत्रका ३२ जना हज यात्रीहरुलाई मुस्लिम समुदायहरुले शुभकामना दिदै बिदायी गरेका हुन् । फैजाने अहले बैत कमेटी परासीले आयोजना गरेको हाजी बिदायी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले ति हज यात्रीहरुलाई फुलमाला लगाई बिदायी गरेका हुन् ।

साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष जिल्लाबाट महिला पुरुष गरि ३३ जनाले फारम भरेका थिए जसमध्ये ३२ जना हज कोटामा परेका छन् । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । जिल्लाका हज यात्रीहरु हजका लागि भोली शुक्रबार काठमाण्डांै प्रस्थान गर्दैछन् । केन्द्रिय हज कमेटीले हजयात्रीहरुका लागि काठमाण्डांैको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रा समेत कमेटीले व्यहोर्ने गरि प्रत्येक हाजीबाट१ लाख ८३ हजार रुपिया लिईएको छ ।  

ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्न पर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।

कमेटीका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको अध्यक्षतामा भएको हज विदायी कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, विशिष्ट अतिथि घनश्याम यादव, अतिथि, शसस्त्र प्रहरी उपरिक्षक विरेन्द्रराज श्रेष्ठ, मदारबाबा मठाधिश अमिरुल्लाह मिँया, पुर्व हज कमेटी सदस्य बुद्धन अलि, सुनवल उपमेयर दधिराम अर्याल, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय, उद्योग वाणिज्य महासंघका महासचिव गिरीराज पाण्डे, युवा समाजसेवी कासिद अली, अमिरुल्लाह मिँया, हाजी ईस्हाक मियाँ, लगायतले हज यात्रीहरुलाई शुभकामना दिदै हाजीहरुको हज सफल रहोस भनि कामना गरेका थिए ।






सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157845 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top