The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

अबैध कपडा ब्यापारी: हेटौंडा बसपार्कमा पक्राउ



अपराध समाचार    146 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २७ शुक्रवार  

श्रावन २७ शुक्रवार, मकवानपुर । अवैध कपडासहित १० जना भारतीय नागरिकहरुलाई पक्राउ गरि अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाएको छ ।

अबैध कपडा ब्यापारी: हेटौंडा बसपार्कमा पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट १० जना भारतीय नागरिकहरु पक्राउ गरेको हो  ।

भारत, मेरेठ जिल्ला उत्तर प्रदेश मायन वडा नम्बर ६ बस्ने बर्ष २१ को सहजात खान समेतले भन्सार छली चोरी पठारी गरी कपडाहरु ल्याउँदैछन भन्ने बिशेष सुचनाको आधारमा जाँच गर्दा भन्सार छली लुकाई छिपाई ल्याएको अबैध लत्ता कपडासहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुरमा भारत मेरेठ जिल्ला उत्तर प्रदेश मावना वडा नम्बर ६ बस्ने २१ वर्षीय सहजाद खान सोही जिल्लाको जिल्लाको मावना वडा नम्बर ७३ का २४ वर्षीय अस्कर कजमी, २२ वर्षीय जामिन कजमी, सोही जिल्लाको तिहायी वडा नम्बर १५ बस्ने ४० वर्षीय सामसुदिन, कौशिल मावना वडा नम्बर ३ बस्ने १९ वर्षीय आशिक खान, ३२ वर्षीय रसिक अवास, २५ वर्षीय जोन जैडी, वडा नम्बर १५ बस्ने २५ वर्षीय रेसाद जैडी, ३४ वर्षीय सकिर महम्मद र वडा नम्बर ६ बस्ने २२ वर्षीय महम्मद आदिल रहेका छन् ।

उनीहरुबाट २ लाख १६ हजार १ सय बराबरको अवैध लत्ताकपडा फेला परेको प्रहरीले बताएको छ । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रण तर्फ विशेष निगरानी गर्न सुरु गरेको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224872   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top