Hetauda Online - आजको राशिफल
The first website dedicated to the people of clean and green city Hetauda.
राशिफल

आजको राशिफल


राशिफल 167 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २८ शनिवार


आजको राशिफल


श्रावन २८ शनिवार, हेटौंडा । वि.सं. २०७४ साल साउन २८ गते। शनिबार। इश्वी सन् २०१७ अगस्ट १२ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– पञ्चमी, २१:२५ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सोखले खर्च बढाए पनि अर्थअभाव हुँदा सहयोगीहरू फेला पर्नेछन्। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने समस्याले खर्च गराए पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा नै हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। खर्च लागे पनि रमाइलो यात्राको योग छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विशेष काममा जग बसाउने अवसर जुट्नेछ। तर व्यवहारमा नैतिक संकट भने देखापर्न सक्छ। केही असहज परिस्थिति समेत सामना गर्नुपर्ला। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। अवसरका लागि विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। तथापि मिहिनेत गर्दा कर्मफल प्राप्त हुनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्य कमजोर रहनाले चिताएको काममा विलम्ब हुनेछ। जिम्मेवारी भने बढिरहनेछन्। अरूका काममा जुट्नुपरे पनि सहयोगीहरूको साथ मिल्नाले समस्या सुल्झाउन सकिनेछ। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनेछन् भने सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले उत्साह जगाउनेछ। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

पहिलेका समस्या दोहोरिन सक्छन्। काम बिग्रने भयले सताउन सक्छ। सामान्य घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दु:ख पाइएला। 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तापनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै सम्पादन हुनेछन्।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ काममा हात हाल्ने अवसर प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। परिवेश संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दु:ख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ। प्रतिष्ठा जोगाउन केही वस्तु त्याग्नुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धेरै बोल्दा समस्या आउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा पनि विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। 





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697616 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top