Hetauda Online - क्रान्तिकारी महिलाको तीज विशेष कार्यक्रम
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

क्रान्तिकारी महिलाको तीज विशेष कार्यक्रम


स्थानीय समाचार 16 पटक पढिएको नानीमैया बिष्ट २०७४ श्रावन २८ शनिवार


क्रान्तिकारी महिलाको तीज विशेष कार्यक्रम


श्रावन २८ शनिवार, हेटौंडा । नजिकिँदै गरेको हरितालिका तीजको सन्दर्भमा हिजो हेटौंडामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका-४ नं. वडा कमिटिको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

महिला दिदीबहिनीहरुबीच भेटघाट र रमाईलो गर्दै आपसमा तीजको शुभकामना आदानप्रदान गरेर खुशी साटासाट गर्ने उद्देश्यले तीज विशेष कार्यक्रम गरिएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका-४ नं. वडा कमिटिका अध्यक्ष गंगा अर्यालले बताउनुभयो । संगठनका वडा अध्यक्ष अर्यालको अध्यक्षता तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य लक्ष्मी पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमानसिं पाख्रिनको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जंगबहादुर विश्वकर्मा, सल्लाहकार ऋषिराम पोख्रेल र सीता ढुंगाना, महिला वडा इञ्चार्ज मनका थापा, माओवादी केन्द्रका ४ नम्बर वडा अध्यक्ष हरि ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गर्दै स्वागत गर्नुभयो ।





कमेन्टसहरु



लोकप्रिय



12809211 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top