Hetauda Online - अविरल बर्षाले देशनै डुवानमा: इटहरीमा मात्रै ७ शव पानीमा भेटियो
The first website dedicated to the people of clean and green city Hetauda.
दुर्घटना समाचार

अविरल बर्षाले देशनै डुवानमा: इटहरीमा मात्रै ७ शव पानीमा भेटियो


दुर्घटना समाचार 7 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २८ शनिवार


अविरल बर्षाले देशनै डुवानमा: इटहरीमा मात्रै ७ शव पानीमा भेटियो


श्रावन २८ शनिवार, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ ।

भोजपुर घर भई हाल इटहरी-४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, इटहरी-४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी-४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी-९ मा ३०/३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । रासस







सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



लोकप्रिय



12809216 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top