The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

बकैयामा बाढीको कारण जनधनको क्षति, कयौं बस्ती जोखिममा



दुर्घटना समाचार    167 पटक पढिएको   शुभलक्ष्मी विश्वकर्मा   २०७४ श्रावन २९ आइतवार  

श्रावन २९ आइतवार शुक्रबार रातिदेखि निरन्तर भएको वर्षाका कारण बकैया गाउँपालिकामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । साथै, कयौं बस्ती बाढीको जोखिममा छन् ।

बकैया ७ हात्तीखोला धमिलेका भक्तकुमारी लामिछानेको घर पहिरोमा परी बुहारी सुनिता लामिछाने सख्त घाईते भएकी छन् । बाढीका कारण घरगोठ डुबाउँदा चौपाया तथा धनजनको क्षति भएको स्थानीय भोजराज लामिछानेले बताउनुभयो । 

यसैगरी बकैया ७ मामदमारका ५० घरधुरी बाढीको जोखिममा रहेका छन् । हिरामुनी, सुनाचुरी र बकैया खोला तथा खहरेहरुमा आएको बाढीले स्थानीयहरु आवतजावत गर्न नसकेको तथा बस्ती जोखिममा रहेकोले स्थानीयहरु त्रसित रहेको स्थानीय भोजराज लामिछानेले जानकारी दिनुभयो । बाढीका कारण रानीदमार, अठारबिघा, भीरकोट, मामदमार लगायतका बस्तीहरु जोखिममा छन् । 

यसैबीच, बकैया गाउँपालिका वडा नम्बर १ स्वस्ती भन्ने स्थानमा बाढीमा परेर एकजनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । बाढीले घर सहित चौपाया बगाएको र चन्डौबजार डुबानमा परेको वडा अध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो । यसैगरी बकैया १ कै रजुवा बस्ती पनि डुबानमा परेको बताइएको छ । बाढीले ३ वटा घर बगाएको र सो क्षेत्रको बस्तीमा जोखिम बढेको स्थानीय प्रतीक लामाले जानकारी दिनुभयो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224869   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top