The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

बाढीले बगाउँदा दुइको मृत्यु, दुई घाईते



दुर्घटना समाचार    160 पटक पढिएको   शुभलक्ष्मी विश्वकर्मा   २०७४ श्रावन २९ आइतवार  

श्रावन २९ आइतवार, हेटौंडा । बकैया गाउँपालिका १ स्वस्ती भन्ने ठाउँकी ४२ वर्षीय सुना मुक्तान र बकैया १ कै चन्डौबजारका मानबहादुर ब्लोनको खोलाले बगाएर मृत्यु भएको छ । शुक्रबार रातिदेखि लगातार भएको वर्षाका कारण आएको बाढीले बगाउँदा आईतबार उनीहरुको मृत्यु भएको स्थानीय प्रतीक ब्लोनले जानकारी दिनुभयो ।

मृतक सुनाकी १३ वर्षीय छोरा विशाल मुक्तान बाढीले बगाउँदा सख्त घाईते  भएका छन् । निरन्तरको वर्षाका कारण बकैया गाउँपालिकामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । साथै, कयौं बस्ती बाढीको जोखिममा रहेको स्थानीयले जनाएका छन् । त्यसैगरी बकैया ७ हात्तीखोला धमिलेका भक्तकुमारी लामिछानेको घर पहिरोमा परेर उहाँकी बुहारी सुनिता लामिछाने सख्त घाईते भएकी छन् । बाढीका कारण घरगोठ डुबाउँदा चौपाया तथा धनजनको क्षति भएको स्थानीय भोजराज लामिछानेले बताउनुभयो । 

यसैगरी बकैया ७ मामदमारका ५० घरधुरी बाढीको जोखिममा रहेका छन् । हिरामुनी, सुनाचुरी र बकैया खोला तथा खहरेहरुमा आएको बाढीले स्थानीयहरु आवतजावत गर्न नसकेको तथा बस्ती जोखिममा रहेकोले स्थानीयहरु त्रसित रहेको स्थानीय भोजराज लामिछानेले जानकारी दिनुभयो । बाढीका कारण रानीदमार, अठारबिघा, भीरकोट, मामदमार लगायतका बस्तीहरु जोखिममा छन् । 

यसैबीच, बकैया गाउँपालिका वडा नम्बर १ स्वस्ती भन्ने स्थानमा बाढीमा परेर एकजनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । बाढीले घर सहित चौपाया बगाएको र चन्डौबजार डुबानमा परेको वडा अध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224864   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top