The first website dedicated to the people of clean and green city Hetauda.
logo
दुर्घटना समाचार

निर्माणाधीन वडा कार्यालयको भवनमा बाढी



दुर्घटना समाचार    163 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ श्रावन ३० सोमबार  

श्रावन ३० सोमबार, मकवानपुर । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ मा निर्माणणाधीन अवस्थामा रहेको भवनमा क्षति पुगेको छ । फापरबारी बजारमा निर्माणको क्रममा रहेको वडा कार्यालयको भवनमा बाढी पस्दा निर्माण सामग्री बगाएर लगेको स्थानीय निशान तामाङले बताउनुभयो ।

फापरबारी खोला किनारमा रहेको बाँध भत्किएपछि बाढी बजार क्षेत्रमा पसेको थियो । बस्तीमा बाढी पसेपछि बजार क्षेत्रमा रहेको घरहरु डुबानमा परेका हुन् । बाढीले भवन निर्माणका लागि राखिएको बालुवा, फर्मा, सिमेन्ट, झ्याल–ढोकाका लागि ल्याइएको काठ लगायतका सामग्री बगाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार टेक बहादुर डिम्डुङको अध्यक्षतामा भवन निर्माण समिति गठन भई करिब १ महिनाअघि देखि भवन निर्माण कार्य थालिएको थियो । 

वर्षाका कारण मकवानपुरको पूर्वी क्षेत्रमा रहेको सो क्षेत्रहरुमा यातायात तथा बिजुली बत्ती लगायतका सेवा अबरुद्ध छ । बत्ती नहुँदा सो क्षेत्रमा टोलिफोन सम्पर्कमा पनि समस्या छ । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224851   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top