The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

तमु कप फुटबल २०१७ सोल्टी एफ सि लाई


खेलकुद 79 पटक पढिएको नरेन्द्र गुरुङ्ग २०७४ श्रावन ३० सोमबार


तमु कप फुटबल २०१७ सोल्टी एफ सि लाई


श्रावन ३० सोमबार, हङकङ । हङकङको प्रचण्ड गर्मी ३४ डिग्रीको तातो घाममाको समेत प्रवाह नगरी प्रदेश नम्बर १ गुरुङ समाज हङकङले आयोजना गरेको एतिहासिक प्रथम तमु कप फुटबल २०१७ सोल्टी एफ सि ले मोना एफ सि लाई ३-१ ले हराउदै सार्वधिक धन राशी भएको यो उपाधी सगै तीस हजार हङकङ डलर( नेरु चार लाख) हात पारे भने मोना एफ सिले दोश्रो हुँदै हङकङ डलर पन्द्र हजार( नेरु दुई लाख) मा चित्त बुझाउन पर्यो ।

त्यस्तै अार्सनिकले जम्मा खेल अवधि भरिमा ३ गोल मात्र खायो र अनुसासित भयर एकवटा पनि एल्लो कार्ड पायनन जसकारण फेयर टिमको उपाधि जित्यो ।  प्लेट थर्ड च्याम्पियन जोर्डन एफ सिले धरान एफसिलाइ हराउदै जित्न सफल भयो । त्यस्तै राइजिङ प्लेयर अनिकेश गुरुङ(धरान एफ सि), बेस्ट प्लेयर दिवस गुरुङ गोलकिपर (सोल्टी एफ सि) , सरोज थापा( मोना एफ सि) र हाइस्कोररमा दिपेस तामाङ (सोल्टी एफ सि) ले खेल अवधी भरी ६ गोल गर्दै पाएका थिए ।

२४ टिमको सहभागिता रहेको सिक्स एसाइड फुटबल प्रतियोगिता काउलन पार्कमा र जोर्डन पार्कमा बिभाजन गरेर खेलाइएको थियो भने क्वाटर फाइनल बाट सवै खेल जोर्डन पार्कमा भएको थियो । यस खेलको मुख्य उदेश्य भनेको हङकङमा हुर्केका नेपाली युवाहरुलाइ कुलत बाट जोगाउन  खेलकुदको माध्यम बाट सन्देश दिनु नै मुख्यत रहेको कुरा आयोजक सस्थाको अध्यक्ष हेम प्रताप गुरुङ ज्युले आफ्नो मन्तव्य क्रममा जानकारी गराउनु भएको थियो । फाइनल खेल हुन अगावै सवैलाइ मनोरञ्जन गर्न महिला फुटबल खेलाइएको थियो र साना साना भाइ बहिनिहरुको नेपाली नृत्यले खेल हेर्न जम्मा भएको हजारौं दर्शक दिर्घामा रौनक छाएको थियो । यो खेलको सफल अायोजनाको लागि प्रदेस नम्बर १ गुरुङ समाजलाई धेरै शुभचिन्तकहरुले पानी देखि लिएर हरेक कुरामा साथसहयोग दिएको कुरा त्यहा राखिएको सहयोगीहरुको नाम बाट प्रष्ट झल्किन्थ्यो । 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865219 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top