Hetauda Online - प्रवासमा मनाए नेपाली महिलाले तिज
The first website dedicated to the people of clean and green city Hetauda.
प्रवास

प्रवासमा मनाए नेपाली महिलाले तिज


प्रवास 16 पटक पढिएको नरेन्द्र गुरुङ्ग २०७४ श्रावन ३१ मंगलवार


प्रवासमा मनाए नेपाली महिलाले तिज


श्रावन ३१ मंगलवार, हङकङ । ओभरसिज नेपाली वर्कस एशोसियसन हङकङको आयोजनामा आइतवारको दिन तन्दुरी नाइट रेष्टुरेन्ट चिमशाचुईमा सम्पन्न २०७४ को तीज कार्यक्रम अनौपारिक रुपमा सम्पन्न भयको छ। कार्यक्रमको सुरुवात तीज सामुहिक नृत्य,साथै अनिता खड्का बाट तीज गीतबाट गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा अति आकर्षण तीज फेशन प्रतियोगिता राखिएको थियो। चेलीको सम्मानको रूपमा दश जना प्रतियोगिहरूलाई उनिहरूको लगाएको भेषभुषाको आधारमा छनोट गरि सम्मान स्वरूप  पुरस्कार वितरण गरिएको थियो। उक्त प्रतियोगिबाट पुन गोला प्रथाबाट तीन प्रतियोगि छनोट गरी तीन जनालाई आज यहाँ उपस्थित हुनुको कारण सोधिएको थियो। र तीनै जनाले आफ्नो आफ्नो उत्तर एक चीटमा लेखेर दिएका थिए त्यस मध्ये उत्कृस्ट ऊत्तर दिने अरूणा क्षेत्री पहिलो र दोस्रो सम्झना थापा तेस्रो हुने नमिता क्षेत्री थिए। तीन जनालाई एशोसियसनका उपाध्यक्ष पुर्णिमा शाहबाट एशोसियसनको लोगो अंकित खादा र सचिव युनिता गुरूङबाट ब्याच साथै कोषाध्यक्ष कोषाध्यक्ष कुमार गुरूङ बाट पुष्प गुच्छा, झापा मन्चकी सचिव बिष्णुमाया मुखिया बाट पुरस्कार सहित नेपाल माहा बाणिज्य दुत श्री कमल प्रसाद भट्टराईको धर्मपत्नी श्रीमती रिमा चापागाइ भट्टराईबाट पहिलो हुने अरुणा थापालाई ताज लगाईदिनु भयको थियो। सोही कार्यक्रममा उत्कृष्ट नृत्य गर्नु हुने  गीतांजलि घटनी ज्युलाइ पनि सम्मान गरिएको थियो ।

प्रथम पुरस्कार साब्लाबुङ प्रकाशन, दोस्रो एलिजा सारी स्टोर र  तेस्रो इण्डिया फेशनले प्रायोजन गरिदिएका थिए । कार्यक्रमको अन्तमा राफल ड्र खेलाइएको थियो। साथै राफल ड्रबाट संकलित रकम एक प्यारालाइसेस भइ अस्वस्थ रही काम गर्न नसकेर आफ्नो स्थान फर्किएको माइग्रेन वर्कस प्रणिता प्रधानलाई सहयोग स्वरूप प्रदान गरिने भएको छ।

उक्त कार्यक्रम संचालन युनिता गुरुङ्का साथै रंजिता थापाले गरेको थियो भने समापन अध्यक्ष सुषमा सिंज्युले गर्नु भएको थियो। सो कार्यक्रममा राफल ड्र  संचालन भने पुर्व सचिव  हिमाल चन्द्रले गर्नु भएको थियो।





कमेन्टसहरु



लोकप्रिय



12811736 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top