The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने


शिक्षा/स्वास्थ्य 1 पटक पढिएको नानीमैया बिष्ट २०७४ भाद्र ०१ बिहीवार


शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने


भाद्र ०१ बिहीवार, हेटौडा । शिक्षा क्षेत्रमा बढ्दै गएको बिचौलिया तथा निजीकरणको अन्त्यको लागि यो क्षेत्रमा बहस हुनुपर्ने एक नेताले बताएका छन्। नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थीहरुले अब राष्ट्रियताको विषयमा बहस गर्नुपर्ने बेला आएको बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी), मुल इकाई कमिटी वन क्याम्पस,हेटौडाले आयोजना गरेको स्वागत विदाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका पुर्व अध्यक्ष तथा नेता न्यौपानेले राष्ट्रको विकासको बारेमा बहस पछि मात्र विचार र संगठनमा लाग्न सबैलाई आग्रह गरे । शिक्षा क्षेत्रमा निजी क्याम्पसहरु मोटाउने र सरकारी क्याम्पसहरु दुब्लाउने भइरहेकोले यसतर्फ सचेत हुनुपर्ने बताए । प्राकृतिक स्रोतले धनी देश भएपनि राजनीतिक अस्थिरता र दलाली प्रवृतिले यसको सदुपयोग हुन नसकेको भन्दै उनले विद्यार्थी जस्तो सचेत वर्गले दबाब सिर्जना गर्नुपर्ने धारणा राखे । 

मुल इकाई कमिटी अध्यक्ष सबिना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी, कृषि तथा वन विज्ञान अध्ययन संस्थानका डीन डा. बलराम भट्ट,वन विज्ञान अध्ययन संस्थान हेटौडाका प्रमुख कृष्ण प्रसाद दाहाल, अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष दिनेश सुवेदी लगायतकाले बोलेका थिए । कार्यक्रममा अतिथिहरु उपप्रध्यापक अमर सिंह धामी, ज्ञानबन्धु शर्मा, प्रमोद घिमिरे, अनेरास्ववियुका केन्द्रीय सदस्य पविना लामा, प्रदिप अर्याल लगायतका रहेका थिए ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865283 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top