The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय समाचार

किसानलाई व्यवसायि बनाउन अनुदान



स्थानीय समाचार   40 पटक पढिएको   हेटौडा अनलाईन   २०७४ बैशाख ०७ बिहीवार  

मकवानपुरको विभिन्न स्थानमा रहेर व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई सहजता प्रदान गर्न अनुदान प्रदान गरिएको छ ।

किसानलाई व्यवसायि बनाउन अनुदान

जिल्ला पशुसेवा कार्यालय मकवानपुरले यो बर्ष गाईभैसी ब्यवसाय प्रर्बधन गर्नका लागि मकवानपुरका किसानहरुलाई अनुदान रकम प्रदान गरेको हो । युवा लक्षित कार्यक्रम अन्र्तगत गाईभैसी प्रर्बधन तर्फ पशुपालन ब्यवसायलाई प्रबद्र्धन गर्ने र ब्यवसायिक बनाउने उदेश्यका साथ अनुदान रकम बितरण गरिएको बताइएको छ । मकवानपुरमा ब्यवसायिक पशुपालन गर्ने किसान मध्ये कुल पशु संख्याको आधारमा साना तथा मझौला ब्यवसाय छुट्याएर अनुदान रकम बितरण गरीएको जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख राम प्रकाश प्रधानले बताए। कार्यक्रम अनर्तगत मकवानपुरको मकवानपुरगढी, आमभन्ज्याङ, र हाडीखोलाका साना तथा मझौला किसानहरुले अनुदान रकम प्राप्त गरेका हुन । 


लामो समयदेखि कृषि क्षेत्रलाई पछाडि पारिएको कुरालाई विश्लेषण गर्दै अबदेखि किसानहरुलाई प्रोत्साहित गर्न थालिएको हो। जिल्ला पशु सेवा कार्यालय अनर्तगत अनुदान रकम पाउने ब्यवसायिहरुमा मझौला ब्यवसाय तर्फ मकवानपुरगढी ६ का देवी गाई फर्म संचालक प्रेम प्रसाद दाहालले २ लाख ५० हजार अनुदान रकम प्राप्त गरे । त्यस्तै मकवानपुरगढी ६ मा सुजल गाई फर्म संचालन गर्दै आएका नरेन्द्र लम्साल र गढी ९ मा जि.बि.एस एग्रो प्रा.लि संचालक कबिन्द्र थापाले समान १ लाख ८५ हजारका दरले अनुदान रकम प्राप्त गरेका छन् । त्यस्तै गढी ७ मा दुर्गा गाई फर्म संचालन गर्दै आएका हरि प्रसाद कंडेलले १ लाख ४८ हजार रकम अनुदान प्राप्त गरेका छन् ।  त्यसैगरी आमभञ्ज्याङ ३ मा स्वरोजगार ए. पशु विकाश फर्म संचालन गरेका बिदुर हुमाँगाई र हाडीखोला ६ मा श्रृजनशिल गाई फर्म संचालक नानीमाया ढकालले १ लाख ६६ हजारका दरले अनुदान रकम प्राप्त गरेकोे जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219810   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top