The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

बिभिन्न पेशाबाट आत्मनिर्भर बन्दै महिला


स्थानीय समाचार 1 पटक पढिएको २०७४ बैशाख ०७ बिहीवार


बिभिन्न पेशाबाट आत्मनिर्भर बन्दै महिला


-रञ्जिता डंगोल समूहबाट महिलाहरु आत्मनिर्भर बन्दैगएका छन् । स्वरोजगार कोष अभियानसंगको समन्वय पश्चात चुरियामाई गा.वि.स शिखरपानि टोलमा बस्ने प्रभा तिमल्सिनाको हाउस वाईरिंग तालिम लिने अवसर मिलेपछि उनको जिबनमा परिवर्तन आएको बताउछिन् ।

अहिले नेपाल सरकारको स्वरोजगार कोष अभियान मार्फत ३ महिने हाउस वाइरिङ तालिम प्रश्चात आय आर्जन समेत सहयोग पुग्ने गरेको उनको भनाई छ । प्राविधिक कुराहरुम महिलाहरु अगाडी बढ्न सक्दैन भन्ने कुरालाई उनले गलत साबित गरिदिएकीछिन् ।  समुदायमै उदाहरणिय पात्रका रुपमा बन्न सफल भएकीछिन् । अहिले तिमल्सिनाले लेवल १ को परिक्षा दिएकि छिन भने  अर्को बर्ष लेवल २ को परिक्षा दिने तयारीमा रहेकिछिन् । हाउस वाईरिगं काम गर्ने थालेपछि कामको साराहान गदै किशोरी महिलाहरुमा समेत प्राविधिक काम गने प्ररेरीत भएको उनको अनुभबछ ।


उनले जस्तै समुहबाट ऋण निकाली व्यवसाय गरेकी पदमपोखरी गा.वि.स को चिनिमायाँ तामागँ को पनि उस्तै अनुभब छ । चिनिमाया राम्रो हुदैगएपछि चिनी माया तामाको जिवनशैलीमा परिबर्तन आएको छ । उनी भन्छिन् अहिले जिबीका निर्भाहा गर्नेका लागि अहिले साउ महाजनका हात जोड्न जानु नपरेको बताउछिन् । समूहबाट ७,००० ऋण लिई २ वटा बुँगुर पालेकी तामागले  बुँगुर व्यवसायबाट राम्रो आम्दानि गर्न सफल भएकीछिन् ।  ऊनले समूहबाट ७,००० हजारमा लिई २ वटा बुँगुरबाट रु ३५,००० हजार आम्दानि गर्न सफल भएकी छिन् । अहिले ऊनले त्यही पेशा गदै आईरहेकीछिन् । बुँगुर व्यवसायलाई नै निरन्तरता दिने सोच बनाएकी छिन् । बुँगुर व्यवसायबाट राम्रो आम्दानि राम्रो भएपछि आफ्नो जिवनस्तर समेत परिर्वतन भएको बताउँछिन् । 


मकवानपुरको बसामाडी २ बस्तीपुरस्थित भित्री बासुदेबका महिला तरकारी खेतीका लागि भाडामा जग्गा लिएर तरकारी खेती गर्न थालेका छन् । तरकारी व्यबसायलाई प्रभाबकारी बनाउनका लागि आफुहरु जग्गा भाडामालिई तरकारी खेतीकोे सुरुवात गर्न थालेको बसामाडी २ भित्री बासुदेबका निर्मला परियार बताउछिन् । आर्य आर्जनका र जिबिका निबार्हाका लागि पनि आफुले दश गठ्ठा जग्गामा भाँडामा लिएर तरकारी खेती लगाएको र तरकारी खेतीबाट बाट राम्रो आम्दानी हुने गरेको परियारको अनुभब छ । दश गठ्ठाको बर्षमा २० हजार रुपैयाँ तिनुपर्ने उनले बताईन । तरकारी खेतीबाट महिनामा बिष हजार देखि प्रन्ध्र हजार रुपैयाँ सम्मको आम्दानी हुने उनको अनुभब छ । यस्तै गरि आफनो जग्गा जमीन थोरै भएकाले व्यवसायीक रुपमा तरकारी खेतीका लागि जग्गा नपुग भएपछि जग्गा भाडामा लिए र पनि आफुले तरकारी व्यवसाय गर्ने गरेको सशक्क्त महिला जनमुखी शिक्षा केन्द्रका अध्यक्ष माया रम्तेलले बताउछिन् । आफ्नो जग्गामा लगाएको तरकारी खेतीबाट आम्दानी राम्रो हुदैगएपछि जग्गा भाडामा लिएर खेती सुरुवात गर्न हौसाला मिलेको रम्तेल बताउछिन् । आफ्नो जग्गा नभएपछि त्यहाँ बसोबास गर्ने अधिकाँश महिलाहरु अधियामा जग्गा लिई अन्यबाली लगाउने देखि तरकारी खेती लगाउनका लागि जग्गा अधियामा कमाउने गरेको मकवानपुर महिला समुहका परिचालीका बिष्णु माया तितु ले बताउछिन्।


उनले जस्तै यहाँका धेरै जस्तो महिलाहरु जग्गा भाडामा लिए र तरकारी खेती गदै आईरहेको परिचालीका बिष्णु माया तितु ले  जानकारी दिईन् । समुह गठन भएपछि यहाँका महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेको तितु को अनुभब छ । ऋण लिनका लागि साहु माहाजन समक्षय जान नपर्ने, आफुले आर्जन गरेको पैसा समुहमा बचत गर्र्न समुहबाटै आवश्यक पर्दा ऋण लिने भएपछि खेती गर्न सहयोग पुगेको रुपा थोकरको भनाई छ । जग्गा भाडामा लिए र व्यवसाय गर्न थालेपछि आफ्नो जिवनशैलीमा परिवर्तन आएको उनको भनाई छ । समुहमा नसकिने हामीहरु समय समयमा बस्ने समुहको लामो छलफल र अभ्यासले आफुलाई परेको समस्याहरुको आवाज उठान देखि गाँउ बिकास समितीमा महिलाहरुका लागि आउने बजेटको समेत खोजी गर्न सक्षम भएको थोकर बताउछिन् । 


समुहबाट नै व्यवसायीक तरकारी खेती सम्बन्धि पाँच दिने तालिमबाट तरकारी खेतीलाई अझै थप सहयोग पुगेको मनमाया थोकरको अनुभब छ । आफुले तालिमबाट सिकेको तरकारी खेती सम्बन्धि ज्ञानलाई व्यहारमा लागु गर्नुका साथै साथीहरु माझमा पनि छलफल गर्न गरेको थोकरले बताईन् । तरकारी खेतीमा आलु, काउली, बन्दा, सायोको साग लगायत तरकारीहरु लगाउने गरेको थोकर बताउछिन् । अन्नबाली लगाउदा ६ महिना सम्म पनि खानका लागि पनि समस्या हुने थालेपछि तरकारी खेती सुरु गरेको थोकर बताउछिन् । समुहमा बसेपछि आफुमा परिवर्तन आएको उनको अनुभब रहेको छ । बसामाडी २ भित्रीबासुदेब बस्तीमा ८५ घरधुरी रहेको मध्ये धेरै जस्तो कृषी पेशामा नै आश्रित छन् । 






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868425 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top