The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग


शिक्षा/स्वास्थ्य 6 पटक पढिएको अशोक सुजन २०७४ भाद्र १५ बिहीवार


पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग


भाद्र १५ बिहीवार, मकवानपुर । बकैया गाउँपालिका २, सरस्वती भमरा स्थित बाल बिकास आधारभुत बिद्यालय पहिरोको जोखिममा परेपछि सहयोगका लागि आग्रह गरिएको छ । साबिकको धियाल ९ मा रहेको बिद्यालयको भवनहरु छेउबाटै खनिएको सडक र बर्षादका कारण पहिरो गएको हो ।

बिद्यालय व्यबस्थापन समितिको बैठकले बकैया गाउँपालिकासहित जिल्ला शिक्षा कार्यालय, जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति लगाएत सरोकारवाला निकायसँग तारजाली माग निर्णय गरेको बिद्यालयका अध्यक्ष तेजप्रसाद चौलागाईले बताए । त्यस्तै भौगोलिक बिकटता, आर्थिक अबस्था कमजोर भएका परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा गतिलो भवनको समस्या रहेको भन्दै ६ कोठे पक्की भबन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरसँग माग गर्ने उनले बताए ।

बिद्यालयमा ६ कोठे ३ वटा अस्थायी सिकाई केन्द्र(टीएलसी) प्रयोग गरिएपनि पानी पर्दा भित्र छिर्ने र छानामा प्रयोग गरिएको जस्तापाताको आवाजले पढाई नै अबरुद्ध गर्नुपर्ने बिद्यालयका प्रधानध्यापक हरिवंश खतिवडाले जानकारी दिए । टीएलसीका अलावा बिद्यालयमा जस्तापाताको छाना भएको २–२ कोठे २ भवन रहेका छन् ।

बिद्यालयले भौतिक सुधार र शैक्षिक गुणस्तर सुधार गर्न अति आबश्यक आर्थिक रकम वडा कार्यालय, बकैया गाउँपालिका लगाएत सम्बन्धित निकायसँग माग गर्ने जनाएको छ । 

बैठक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तेजप्रसाद चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बिद्यालयका पदेन सदस्य एवम् बकैया २ का वडा अध्यक्ष बीरमान बल, शिक्षक अभिभाबक संघका अध्यक्ष रेमबहादुर सञ्जेल लगाएत बिद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभाबकहरुको सहभागिता रहेको थियो ।

५८ जना छात्रासहित १ सय ६ जना बिद्यार्थी रहेको बिद्यालयमा ८ जना शिक्षक रहेका छन् । ५० प्रतिशत बढी आदिवासी जनजाति बिद्यार्थी रहेको बिद्यालयमा अधिकाँस तामाङ जातिका बालबालिका अध्ययरत छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865280 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top