The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै


राष्ट्रिय समाचार 144 पटक पढिएको रबिन्द्र यादव २०७४ भाद्र १५ बिहीवार


गण्डक नहरमर्मतमा भारतको बेवास्ता: नवलपरासीका स्थानीय र प्रहरी आफैं जुट्दै


भाद्र १५ बिहीवार, नवलपरासी । नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन ।

सडकको छेउ छेउमा अबिरल पानीले करिब १० मिटर भन्दा बढि कटान गरि क्षति पुर्याएको छ र त्यसलाई नियन्त्रण गर्न स्थानीय र सशस्त्र प्रहरी हातेमालो गरि अगाडि बढेका छन । नहरको सडक भत्किने र पानीको कटान हुदै जादा सडक दुर्घटनामा समेत वृद्धि भएको छ ।  सशस्त्र प्रहरी र स्थानीयले जोखिमपूर्ण सडकलाई नियन्त्रण गर्न बोरामा माटो ढुङ्गा राखेर मर्मत कार्य अगाडि बढाएका छन । मर्मत कार्य बिअोपी गुठी परसौनी का प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकी को नेतृत्वमा भएको थियो । वि सं १९६२ सालमा अाएको भिषण बाढीले नेपालमा धेरै धनमाल र मानवीय क्षति पुर्याएको थियो र तत्कालीन नेपालका उप प्रधानमन्त्री सुगर्ण समशेर जबरा र भारतको तर्फबाट भारतीय राजदूत भगवान सहाय बिच सन १९५९ दिसेम्बर ४ तारिखमा बाढी नियन्त्रण, विद्धुत उत्पादन तथा सिचाइ गर्ने गरि मुख्य उदेश्यले २१ बुदामा मुख्य पश्चिमी गण्डक नहर बनाउने सम्झौता भएको थियो । सम्झौतामा मर्मतका सम्पुर्ण कार्य भारतको विहार र उत्तर प्रदेशलाई जिम्मा दिइएको थियो तर भारतको उत्तर प्रदेश र बिहार सरकारलाई सडक मर्मत गर्न  पटकपटक  जानकारी गराउदा पनि  त्यहाका सरकारले बेवास्ता गर्दै अाएको गण्डक नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव दुधनाथ गुप्ताले बताउनु भयो । गुप्ताका अनुसार वि स २०६४ सालमा नहरलाई ३४ दिन सम्म बन्द गरियो सम्बन्धित पक्षमालाई वार्तामा अाउन बाध्य बनाइयो र गण्डक कमान्ड क्षेत्रका साबिक त्रिबेणी सुस्ता, रुपवलिया, कुडिया, गुठी परसौनी, नर्सही, बैदौली, पक्लिहवा, ठुलो खरेटवा, भुजहवा, सोमनी , जमुनिया र प्रतापपुर लगायत १३ गाविसमा वि सं २०४९ साल देखि २०६४ साल सम्म ८ हजार ४ सय ६४ घरधुरीमा उक्त क्षेत्रमा पटकपटक बाढीले २ अरब ९३ करोड ६० लाख ८३ रुपैया धन क्षति भएको संकलन क्षतिपूर्ति अहिलेसम्म भारतले दिएको छैन । केही दिन अगाडि सुस्ता गाउपालिका वडा नं १ र २ का स्थानीयले गण्डक नहरका कारण बाढी अाउदा धनमालको क्षतिपूर्ति माग गर्दै नहर भत्काउने प्रयास समेत गरि सकेका छन । गण्डक नहरमा बनाइएको साइफनको सरसफाइ नहुदा वरिपरिका क्षेत्रमा किसानले  लगाएका हजारौं विगहा खेती पानीको डुबानमा परेर बर्सेनि करोडौं को नुक्सान हुने गरेको छ ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12899777 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top