The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

रामग्राम साप्ताहिक द्धारा पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीलाई स्वागत


सूचना/जानकारी 172 पटक पढिएको रबिन्द्र यादव २०७४ भाद्र १७ शनिवार


रामग्राम साप्ताहिक द्धारा पत्रकार महासंघका केन्द्रीय सदस्य सुवेदीलाई स्वागत


भाद्र १७ शनिवार, नवलपरासी । नवलपरासीबाट प्रकाशन भईरहेको रामग्राम साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई स्वागत, बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

भाद्र ४ र ५ गते काठमाण्डौँमा सम्पन्न महाधिवेशनबाट सुवेदी प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । सुवेदीलाई गृहजिल्ला नवलपरासीमा पहिलो पटक रामग्राम साप्ताहिकले स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सुवेदीले आम श्रमजिवि पत्रकारको पक्षमा आँफु लडिरहने बताउनुभयो । सवै मिडिया हाउसलाई समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण तथा पत्रकारको हकहितका लागि आँफु लडिरहने भन्दै सुवेदीले नवलपरासीको पत्रकारिता जगममा केहि नयाँ आयम ल्याउने प्रतिवद्धता पनि जनाउनुभयो । केन्द्रीय सदस्य सुवेदीले स्थापनाको छोटो समयमै रामग्राम साप्ताहिक लोकप्रिय बनेको तथा यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा पनि गर्नुभयो । पत्रिकाका प्रकाशक शम्भु उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मी, हेल्पीङ ह्रयान्डस परासीका संयोजक सन्जय शर्मा, गुरु ग्रिनरी होटलका सञ्चालक नवराज पौडेल, रामग्राम साप्ताहिक पत्रिकाका सम्पादक वेनिमाधव वस्याल, व्यवस्थापक अभिषेक राव लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13158332 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top