The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड



राष्ट्रिय समाचार   79 पटक पढिएको   बिदुर खडका    २०७४ भाद्र १९ सोमबार  

भाद्र १९ सोमबार, बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले विमानस्थल प्रभावित टाङ्गियाबासीको पक्षमा आफु अन्तिम समयसम्म लडिरहने बताउनुभएको छ ।

अन्तिम समयसम्म टाङ्गियाबासीको साथमा रहनेछु : प्रचण्ड

नेकपा माओवादी केन्द्रले आज बाराको जितपुरसिमरा उपमहानगर–१६ टाङ्गियाबस्तिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएको प्रचण्डले टाङ्गियाबासीको समस्या समाधान गर्न आफुले केन्द्रमा बिशेष रुपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

आफु अन्तिम समयसम्म टाङ्गियाबासीको पक्षमा रहेको भन्दै समस्याको समाधान खोज्ने बिकल्प माओवादी केन्द्रसंग मात्र रहेको उहाले बताउनुभयो । उहाले जीतपुरसिमरालाई समृद्ध उप–महानगरको रुपमा बिकास गर्न मेयरका उम्मेद्दवार राजन पौडेललाईनै अत्याधिक मतले बिजयी गराउन सबैसंग अपिल गर्नुभयो । 

अध्यक्ष प्रचण्डले मधेशमा माओवादी केन्द्र बलियो हुदै गएको बताउनुभयो । पछिल्लो समय मधेशी जनतामा नया चेतना आएको भन्दै मधेशमा माओवादीको एउटा छुट्टै लहर छाएको उहाले बताउनुभयो । उहाले देशलाई एकतावद्ध बनाउन माओवादी केन्द्र प्रयत्नशिल रहेकोभन्दै मधेशमा अब मधेशी जनतालेपनि माओवादी केन्द्रनै छान्न थालेको देख्दा आफु निकै खुसि भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संबिधान कार्यान्वयनको दिशामा देश अघि बढेको बताउनुभयो । माओवादी केन्द्रकै कारण सिंहदरबारको अधिकार गाउ–गाउसम्म पुगेकोभन्दै उहाले असन्तुष्ट पक्षलाई समेत चुनावमा समेट्न आफु सफल भएको दाबी गर्नुभयो । उहाले मधेश र पहाडको बिचमा दरार पैदा गर्न खोज्ने बिखण्डनकारी हाबि भएकोभन्दै संबिधानको स्विकार्यता बढाउन सरकार लागीपरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट जीतपुरसिमरा उप–महानगरपालिकाको लागी प्रस्तावित उम्मेद्दवार राजन पौडेलले समृद्ध उप–महानगर बनाउन माओवादी केन्द्र प्रतिवद्ध रहेको बताउनुभएको छ । बाराको टाङ्गियाबस्तीमा आज आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेलले यस्तो बताउनुभएको हो ।उप–महानगरको बिकास गर्न आफु सदैव प्रतिवद्ध रहेकोभन्दै यहांका जनतालाई लालपुर्जा सहितको स्थानान्तरण गर्ने सोचका साथ आफुहरु चुनावी अभियानमा होमिएको उहाले बताउनुभयो । पौडेलले उप–महानगरपालिकाको बिकासका निम्तिपनि माओवादी केन्द्रलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224303   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top