Hetauda Online - माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न


स्थानीय समाचार 47 पटक पढिएको हेटौडा अनलाइन २०७४ भाद्र २५ आइतवार


माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न


भाद्र २५ आइतवार, हेटौडा । नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन समिति, मकवानपुरले आज बृहत बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का ३ नं प्रदेश इन्चार्ज हितमान शाक्यले देश माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको निष्कर्ष निकाल्नुभएको छ ।

आज भएको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“अब कार्यकर्ताले चुनाव लड्न पैसा नै सबैथोक होइन भन्ने कुरा बुझ्दै मुल कुरा संगठन, क्रियाशिलता र जनसम्बन्ध जोड्ने कुरा हो ।” उहाँले हामी अरु पार्टी भन्दा फरक नदेखिने परिस्थिति बनेको छ त्यसलाई तोड्दै अघि बढ्न कार्यकर्तालई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीकै ३ नं प्रदेशका संयोजक झक्कुु प्रसाद सुवेदीले माओवादी सिद्धान्त र विचारलाई भन्दा प्राविधिक कुरातिर बढी केन्द्रित भएको विचार राख्नुभयो।

जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको बैठक प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यालय सदस्य सुर्य सुवेदी (पथिक), दिलिप कुमार प्रजापति (भिष्म)ले पनि पार्टीको योजनालाई कार्यान्वयन गर्न जोड दिनुभयो । बैठक-प्रशिक्षणमा १० ओटा गाउँ-नगरपालिकाका पार्टी इन्चार्जहरुले पार्टीको अवस्थाबारे रिर्पोट राखेका थिए । कार्यक्रम पार्टीका जिल्ला संयोजक प्रेम बहादुर पुलामीले संचालन गर्नुभएको थियो ।


जिल्ला प्रशिक्षण कार्यक्रममा सहभागि सदस्य हरु



सम्बन्धित तस्विरहरु

जिल्ला प्रशिक्षण कार्यक्रममा सहभागि सदस्य हरु

कमेन्टसहरु



लोकप्रिय



12811723 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top