Hetauda Online - चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते
The first website dedicated to the people of clean and green city Hetauda.
दुर्घटना समाचार

चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते


दुर्घटना समाचार 35 पटक पढिएको शुभलक्ष्मी बिश्वोकर्मा २०७४ भाद्र २६ सोमबार


चट्याङका कारण युवतीको मृत्यु, महिला घाईते


भाद्र २६ सोमबार, मकवानपुर । हिजो साँझ परेको चट्याङका कारण बकैया गाउँपालिका–८, की २२ वर्षकी मीना विश्वकर्माको मृत्यु भएको छ । उनकी आमा ४६ वर्षकी मखमली विश्वकर्मा घाईते भएकी छन् ।

साँझ करिब सवा पाँच बजेतिर परेको चट्याङका कारण घरमै रहेकी मीनाको घटनास्थलमै मृत्यु भएको हो । खाना पकाउँदै गर्दा भान्छामै रहेकी उनको मृत्यु भएको र नजिकै रहेकी उनकी आमा मखमलीलाई शरीरका विभिन्न भागमा चोट लागी शख्त घाइते भएकी स्थानीय दिप कुमारी विश्वकर्माले बताउनुभयो । 

चट्याङका कारण उनीहरुको घरको छाना देखि मझेरी सम्म भत्किँदा घर पूर्ण रुपमा ध्वस्त भएको स्थानीयको भनाई छ । मीनाका बुबा चन्द्रबहादुर विश्वकर्मा सडक विभागमा काम गर्ने गर्थे । साँझ घर पुग्दा छोरीको मृत्यु भइसकेको र उनकी आमा बेहोस अवस्थामा भेटेको चन्द्रबहादुरले बताएका छन् ।






कमेन्टसहरु



लोकप्रिय



12811776 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top