The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

गणेशमान सिंहको २० औं स्मृति दिवसमा बिचार गोष्ठी


स्थानीय समाचार 37 पटक पढिएको हेटौंडा अनलाइन २०७४ असोज ०२ सोमबार


गणेशमान सिंहको २० औं स्मृति दिवसमा बिचार गोष्ठी


असोज ०२ सोमबार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ ।

काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, सल्लाहकार अशोक शाक्य, वन विज्ञान अध्ययन संस्थान हेटौंडाका क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले गणेशमान सिंहले राष्ट्रियरुपमा देशको लागि पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

जिल्ला पार्टी कार्यालयमा भएको गोष्ठीमा वक्ताहरुले लौहपुरुषका नामले समेत चिनिनु भएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नुभएको बताउँदै आन्दोलनका क्रममा पटक/पटक हेटौंडा आउने र मकवानपुरसंग खास नाता राख्नुभएका सिंहमाथि २०३६ सालमा मालेद्वारा हाल भुटनदेवी स्कुल रहेको स्थानमा हातपात गरेको घटनासमेतको स्मरण गर्नुभएको थियो ।

२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाउनुभएको थियो । 

आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उहाँको धारणा थियो । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

गोष्ठीमा जिल्ला सदस्य अमृता थापा मगर, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, महाधिबेशन प्रतिनिधी ईश्वर पण्डित, जानुकी लामा, महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल अध्यक्ष ईश्वर पाठक, तामाङ संघका अध्यक्ष चम्फुरत्न लामा, किसान संघकी अध्यक्ष लक्ष्मी गौतम, भूतपूर्व शैनिक संघका अध्यक्ष हरीबहादुर रायमाझी, हेटौंडा उपमहानगरपालिका ७ र ८ का सभापतिहरु दामोदर गौतम र रत्नमणी वगाले, महिला संघ सचिव निलम देवकोटा, तरुण दल सचिव सचित थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901123 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top