The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मकवानपुर दुई नम्बरबाट बिडारी चुनाव लड्ने


स्थानीय समाचार 24 पटक पढिएको कृष्ण सरु २०७४ असोज ०९ सोमबार


मकवानपुर दुई नम्बरबाट बिडारी चुनाव लड्ने


असोज ०९ सोमबार, मकवानपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो ।

माओवादीको संसदीय दलका सचिव समेत रहेका बिँडारी गणतन्त्र नेपालको संविधान मस्यौदाका पाँच जनामध्येका एक सदस्य हुन् । पार्टी र संविधान लेखनसँगै देशका महत्वपूर्ण घटनाक्रममा पार्टी र देशको पक्षमा काम गरेको भन्दै माओवादी हेटक्वार्टरले मकवानपुर दुई नम्बर निर्वाचन क्षेत्रबाट बिडारीलाई चुनावी मैदानमा उतार्न लागेको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । 

सांसद बिडारीले पार्टीले आवश्यकता ठाने आफु मकवानपुरबाट निर्वाचन लड्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का विश्वासपात्र बिडारीलाई उम्मेदवार बनाउन मकवानपुरका माओवादी नेताहरुले पनि लविङ सुरु गरेका छन् । 

२०३८ सालदेखि जनमूखी राजनीति सुरु गरेका बिडारी २०४८ मा मकवानपुरको ३ नम्बर र २०५१ सालमा मकवानपुर २ र महोत्तरी २ बाट निर्वाचन लड्का थिए । रुपचन्द्र बिष्टका सहयात्री उनी २०४८ देखि संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य भएका थिए । जनमोर्चाबाट एकता केन्द्र, एकता केन्द्र मशाल हुँदै नेकपा माओवादीका एक ब्यक्ति कमिटिका सदस्य रहेका उनी २०७० सालमा माओवादीबाट समानुपाति सभासद भएका थिए ।  

उनी हाल संसदको महाअभियोग सिफारिस समिति, बिधान समितिमा सदस्यसँगै कानूनका बिज्ञको हैँसियतले बिभिन्न समितिका आमन्त्रित सदस्य छन् । ३५ वर्ष वकालत समेत गरेका ५९ वर्षीय बिडारी मकवानपुरको उत्तरी टिष्टुङमा जन्मिएका थिए । उनले कानून विषयमा स्नातक सम्म अध्ययन गरेका छन् । 






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901124 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top