Hetauda Online - कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग
The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग


राष्ट्रिय समाचार 1 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २८ बिहीवार


कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग


हेटौंडा अनलाईन धुर्मुससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माणमा कुवेतबासी नेपालीहरुले दश लाख सहयोग गरेका छन् |

जनजागृति युवा समाज कुवेतको पहलमा कुवेतमा कृयाशिल संघसंस्था तथा कुवेतबासी नेपालीहरुबाट संकलित रकम समाजका संरक्षक दीपक क्षेत्री र सल्लाहकार कृष्ण मल्लले एक समारोहका बिच फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” लाई हस्तान्तरण गरेका हुन् ।


अभियानमा २६६ जनाले फेसबुक मार्फत सहयोग रकम कबोल गरेका थिए जसमा २८५० केडि ७५० फिल्स संकलन हुने अपेक्षा गरिएपनि ३२ जनाबाट २५९ केडि उठ्न नसकेको अभियानका संयोजक टिकराम आचार्यले जानकारी दिए | फेसबुक मार्फत सार्वजनिक नभएका ७४ जनाबाट १४९ केडि २५० फिल्स संकलन गरि बाकी संस्थाकै कोषबाट थप गरी जम्मा २९२० केडि १०० फिल्स अर्थात् नेपाली रुपैयाँ दश लाख धुर्मुससुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको हो ।


गत जनवरी २७ तारिखबाट जनजागृति युवा समाजले सहयोग संकलन अभियान संचालन गरेको थियो | संस्थाका महासचिव टिकाराम आचार्यको संयोजकत्वमा संचालित अभियानमा संस्थाका संगठन बिभाग प्रमुख अनिल कुमार ठाकुर कोष प्रमुख र सदस्य सचिवमा सूचना विभाग प्रमुख प्रदीप नेपाली रहेका थिए |


समाजका अध्यक्ष छत्र बहादुर कार्कीले धुर्मुससुन्तली फाउण्डेसनको तेश्रो परियोजना मुसहर बस्ती निर्माण अभियानमा सहयोग गर्ने कुवेतका संघसँस्था, स्वस्फुर्त सहयोग गर्ने व्यक्ति बिशेष, सम्पुर्ण मिडियाकर्मीहरु, अभियान टिमलाई धन्यवाद दिएका छन् |


धुर्मुससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्तिको सम्पूर्ण काम सकिएको र आगामी बैशाख १ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ | स्रोत: बाहक नेपाल 





कमेन्टसहरु



ताजा समाचार



12629515 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top