The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

गोगनेमा रोकियो बालविवाह रित्तै फर्किए जन्ती, खेर गयो भोज


स्थानीय समाचार 54 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ असोज २४ मंगलवार


गोगनेमा रोकियो बालविवाह रित्तै फर्किए जन्ती, खेर गयो भोज


असोज २४ मंगलवार, हेटौंडा । मकवानपुर केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ् (नाम परिवर्तन) को विवाहको मिती टुङ्गियो । धादिङ् जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो ।

बेहुला पक्षका आफन्त दुलही लैजान आतुर देखिन्थे भने केटीका बाबुआमा पनि छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने सोचमा थिए । तर न कसैले दुलही पाए न कसैले ज्वाँई । स्थानीय सामाजिक अभियन्ताहरुले बालिकाको अभिभावकले जबरजस्ती गरिदिन लागेको विवाह रोकिदिएपछि विवाहघरबाट न दुलही अन्मिन पर्रयो, न त विवाहको भोज नै कसैले खान पाए । स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी बालिकाको विवाह हुँदैछ भन्ने थाहा पाएपछि हत्त न पत्त पुगेका सामाजिक अभियन्ताहरुले विवाहमात्र रोकेनन्, आगामी दिनमा उमेर नपुगी विवाह गरेमा सामाजिक कारवाही गर्ने चेतावनी समेत दिए । 

केटापक्षका केही आफन्त र केही स्थानीयको उपस्थितीमा गाउँमा खासै जानकारी नदिई हुन लागिरहेको विवाह स्थानीय बाल संरक्षण समिति गोगनेको अगुवाईमा रोकिएको हो । केटा र केटी पक्षका बिचमा कुरा छिनोफानो गरेर तीन-चार दिनकै बिचमा विवाहको तयारी गरिएको थियो । विवाहको कुरा छिनिएपछि तनावमा रहेकी बालिकाले कसैलाई आफ्नो विवाह हुदैंछ भन्ने कुरा गरिनन् । विद्यालयका एक जना शिक्षकले बालिकालाई तनावको अवस्थामा भेटाएपछि घरबाट जबरजस्ती विवाह गरिदिन लागेको थाहा भएको थियो । उमेरै नपुगी विवाह नगर्नका लागि बालिकाको अभिभावकलाई आग्रह गर्दा पनि आफ्नो छोरीको विवाह गर्न अरुले सिकाई रहनु नपर्ने जवाफ फर्काएका थिए । अन्तत : बाल संरक्षण समितिका सदस्य समेत रहेका शिक्षकमार्फत बाल संरक्षणका क्षेत्रमा क्रियाशील समितिमा कुरा पुग्यो र रातारात बनाइएको योजना असफल भयो । आफ्नो विवाह रोकिएपछि बालिका दङ्ग छिन् भने सामाजिक अभियानमा लागेका अभियन्ता पनि खुसी छन् । ‘विवाह गर्दिन भन्दाभन्दै जसरी पनि विवाह गर्न घरबाट दबाब आयो ।’ बालिकाले भनिन्,‘कलिलै उमेरमा विवाह हुन लागेकाले भविष्य के हुने हो भन्ने चिन्ताले न राम्ररी खान मन लागेको थियो न निदाउँन नै सकेको थिए । ’उमेर नपुगी विवाह नगरिदिन आफ्ना बाबुआमा सहमत बनेकोमा खुसी लागेको उनले बताइन् । ‘अब उमेर पुगेमात्र विवाह गर्ने कुरा बाबुआमाले बुझ्नु भयो, यसैमा म खुसी छु ।’ उनले भनिन् । 

बाल संरक्षण समिति गोगनेका अध्यक्ष रामबहादुर थिङ्ले गाउँमा बालबालिकाको सवालमा रहेर काम गर्ने आफूहरुको अभियान भएकाले बाल विवाह रोक्नु आफ्नो जिम्मेवारी भएको बताए । ‘बाल विवाह लगायत बालबालिकाको संरक्षणका सवालमा हामी काम गर्ने गर्छौं ।’ उनले भने, ‘कहिलेकाँही हाम्रो अभियान सार्थक बन्दा खुसी लाग्दो रहेछ ।’ विवाह रोक्नका लागि अभिभावकलाई राम्ररी आग्रह गर्दा नमानेपछि प्रहरीमा पुग्ने चेतावनी दिएपछिमात्र विवाह स्थगि भएको समितिका सदस्य बुद्घिमाया मोक्तानले बताइन् । ‘जसरी पनि एक जना बालिकाको भविष्य अन्धकार हुनबाट रोक्यौं ।’ उनले भनिन, अब पढाई पूरा गरेर उमेर पुगेपछि मात्रै विवाह हुने भएपछि बालिका पनि तनावमुक्त बनेकी छिन् । ’ 

बालबालिकाको सवालमा काम गर्न सरकार मातहतको गाउँमै रहेका बाल संरक्षण समितिले बाल संरक्षण सम्बन्धि गरेको यो एउटा प्रतिनिधीमूलक कार्य हो । मकवानपुरका गाउँगाउँमा रहेका बाल संरक्षण समिति स्थानीय बाल संरक्षणको सवाल पहिचान गरेर ति सवाल सम्बोधन हुने काममा लागिपरेका छन् । बाल संरक्षण समितिलाई आवश्यक तालिम तथा आर्थिक सहयोग युनिसेफ नेपालको सहयोग, जिल्ला बाल कल्याण समिती मकवानपुरको समन्वयमा बाल कल्याण समाज मकवानपुरले पुर्रयाउँदै आएको छ । मकवानपुरको गोगनेका अलावा चुरियामाई, पदमपोखरी, हाडीखोला, नामटार, सरिखेत, फापरबारी, शिखरपुर, राइगाउँ, बेतिनी, धियाल लगायत साविक १५ वटा गाविसमा जोखिममा रहेका बालबालिकालाई घटना व्यवस्थापन कार्यमार्फत संरक्षणका लागि सघाउ पुर्रयाउने काम भइरहेको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरीले जानकारी दिए । ‘स्थानीय बालसंरक्षणको सवाल पहिचान र ति सवाल सम्बोधनका लागि आवश्यक कार्ययोजना गाउँगाउँमा रहेका बाल संरक्षण समितिले बनाउँछन् र ति कार्ययोजना कार्यान्वयनका लागि हामीले आर्थिक सहयोग पुर्रयाउँने गर्दछौं ।’ उनले भने,‘ युनिसेफको सहयोगमा बालविवाह, बालश्रम, बालहिंसाविरुद्घ गाउँगाउँमा चलेका अभियान प्रभावकारी बनेका छन् ।’ 

मकवानपुरका विभिन्न साविकका १५ वटा गाविसमा रहेका बाल संरक्षण समितिका सदस्यलाई क्षमता अभिवृद्घि गर्न सघाउ पु¥याउँदै बालबालिकाको सवालमा जागरणमूलक कार्य भइरहेका छन् । नेपालमा बालसंरक्षणको क्षेत्रमा क्रियाशील युनिसेफ नेपालको सहयोगमा सञ्चालन भइरहेको घटना व्यवस्थापन कार्यमार्फत जोखममा रहेका बालबालिकाको संरक्षणमा टेवा पुगिरहेको बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । उनका अनुसार आपतकालीन अवस्थामा आर्थिक सहयोगदेखि आवश्यक जिविकोपार्जन सहयोगमार्फत बालबालिकालाई जोखिममा पर्नबाट रोक्ने काम गरिएको छ । उनले भने,–‘परियोजना अवधिमा ५० जना भन्दा बढी प्रत्यक्ष र अरु धेरै अप्रत्यक्ष रुपमा लाभान्वित हुने काम हामीले स्थानीय बाल संरक्षण समितिमार्फत गरिरहेका छौं ।’ सरकारको नीति अन्तर्गत बालबालिकाको संरक्षणका लागि विभिन्न अभियान सहित आफूहरु क्रियाशील रहेको उनले बताए ।  





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157824 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top